Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
धनगढी । कर्णाली प्रदेश सरकारमा रहेका माधव समुहका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन नेकपा एमालेले निर्देशन दिएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले तीनै जना मन्त्री अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा दिन निर्देशन दिएको हो ।
अदालतको अन्तरिम आदेशपछि पुनर्बहाली भएर पुनः एमालेमै फर्किए पनि संसदीय दलको बैठकमा बारबार आमन्त्रण गर्दा पनि उपस्थित नहुने, माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भइ आफ्नो पार्टीको निर्णय नमानेको भन्दै तत्काल राजीनामा दिन दलको बैठकले गरेको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिएका छन् । यद्यपि, माधव समुहकै अर्का निर्णायक पात्रको रुपमा मानिएका प्रकाश ज्वाला भने दुईपटक बैठकमा सहभागी भइसकेका छन् ।
तर, सरकारमा रहेका तीन जनाले भने केन्द्रको निर्णयमा चल्नै भन्दै दुईपटक दलको बैठक बहिस्कार गरिसकेका छन् । प्रकाश ज्वालासहित सो समुहका तीन मन्त्रीहरुले गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । पार्टीको निर्णय उल्लंघन गरेको भन्दै एमालेले उनीहरुको सांसद पद बर्खास्त गरिदिएको थियो ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल