Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कर्णालीको विकासका लागि रास्वपा एकमात्र विकल्प

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले आगामी ०८४ को चुनावमा कर्णालीको विकास गर्ने गरी चुनाव जित्ने बताउनु भएको छ । सुर्खेतमा कर्णाली विशेष अभियान अन्तर्गत कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले कर्णालीले कयौं नेतालाई सिंहदरबार पठाए पनि नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको बताउनु भयो । उहाँले कर्णालीको विकासका लागि रास्वपा मात्रै विकल्प भएको बताउनु भयो । सभापति लामिछानेले राजनीतिमा आँट, तागत र ढंग यी तीन कुरा हुन आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले आफूहरु आगामी निर्वाचनमा पुराना नेताहरुलाई स–सम्मानका बिदा गरी कर्णाली सहित देशको विकासमा लाग्ने बताउनु भयो ।