Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कर्तव्य ज्यान मुद्दामा ३० वर्षपछि पक्राउ

लमजुङ । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी लमजुङ दुधपोखरी गाउँपालिका-४ बस्ने भ्याण्टे कामीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भ्याण्टे समेतका ५ जनाले ३० वर्षअघि २०४६ भदौ ३ गते साँझ लमजुङ दुधपोखरी गाउँपालिका-४ स्थित कोदो बारीमा तनहुँ भानु-८ तुरतुरे बस्ने गोरखाका २७ वर्षीय बेद प्रसाद पोखरेललाई लुटपाट गर्ने योजना सहित ढुङ्गा प्रहार गरी मारेर उनको साथमा रहेको ४ हजार रुपैयाँ लिई शव स्थानीय चेपे खोलामा फाली दिएको कर्तव्य ज्यान मुद्दामा अभियुक्त उपर जिल्ला अदालत लमजुङको २०४८ फागुन १३ गतेको फैसलाले २० वर्ष कैद तोकिएको थियो ।
वारदात पश्चात फरार रहेका भ्याण्टेलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत लमजुङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय लमजुङ पठाइएको छ ।