Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कर्मकाण्डमा रमाउँदै काँग्रेसका नेता

काठमाडौं । सरकारमा पठाएका मन्त्रीहरूको कार्यक्षमतामै प्रश्न उठेको बेला नेपाली काँग्रेसको महासमिति बैठक बस्दैछ । यो कुम्भ मेलामा जनताको पीडा भन्दा मुलुक लुटेर किर्ना जस्तो भएका नेताको शान र हविगत प्रदर्शन गर्ने तयारी हुँदैछ, सभापति शेरबहादुर देउवालाई कम्युनिष्टसँगको गठबन्धन छाडेर देश निर्माणको योजना भन्दा व्यापारी पूर्व राजा ज्ञानेन्द्रको सेवक भएका राप्रपाका राजेन्द्र लिङदेन, रास्वपाका रवि लामिछानेसँग मिलाएर १३८ सांसद पु¥याउन दबाव बढेको हुनसक्छ । किनकि काँग्रेसलाई आफ्ना असक्षम र असफल पात्र डा. प्रकशरण महत, मोहन बस्नेत, नारायणप्रकाश साउद, रमेश रिजालको कार्यक्षमताप्रति चासो छैन । चासो लिने भनएिका डा. शखेरका टिमका मन्त्री पनि गोडिएका भएनन् भन्ने चिन्ता छैन । बदनाम माओवादीको हुने गठबन्धन भारतीय भक्त एमालेसँग गर्न रुचि राख्ने नालायक पात्रहरू महासमितिमा कुन नाक लिएर प्रस्तुत हुने होलान् ? काँग्रेसकै यिनै बहुमुखी प्रतिभाको उत्साहटमा देउवाले चुनाव अगाडिको सहमति तोड्दा संघको सभामुख पनि एमालेको प्रदेशको सभामुख कतै राप्रपा, कतै एमालेको भागमा गयो । डा. शेखरको टिमले यस्तो हविगत गरेको बुझ्न तागत काँग्रेसी कुम्भमेलाका सहभागी प्रतिनिधिले देखाउलान् कि के गर्लान् ? महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका लम्पट अर्थ, परराष्ट्र, सहरी विकास, स्वास्थ्य, आपूर्ति मन्त्रीमाथि असक्षमताको पगरी गुथाउन आँट गर्छन् भन्ने छैन । किनकि गगन मौका पाउँदा कृषक मार्ने नेता हुन् । यस पटक काँगे्रसले संविधानको मर्म र भावनामाथि प्रहार गर्दैछ । त्यहाँ कोइराला वंशका सुजाता, डा. शेखर, डा. शशांक नाइके हुनेछन् । यो वंश भ्रक्ष्टाचार, माफियाकरणबाट टाढा छैन । जसको नाइके सुजाता जोष्ट हुन् । सरकारी जमिन कब्जा गर्ने वायुसेवा निगम डुबाउने नायिका सुजाता हुन् ।
विद्यार्थीकालका गल्ला प्रदीप पौडेल डा. शेखरले मात्र होइन अधिकांश नेता सांसद बनेका माआवादीको मतले हो । बाख्रे काजी नै माओवादीको साथ थिएन र रास्वपाका रविको साथ पाउँदैनथे भने चुनाव हार्थे । नालायक भ्रष्ट डा. आरजु राणाका दलाल महाभ्रष्ट मोहन बस्नेत, डा. प्रकाशशरण महत, रमेश रिजाल र नारायणप्रकाश साउदलाई खबरदारी नगर्ने बाख्रे काजीका विगतले काँग्रेसलाई व्यवसायी कृषि सम्बन्धी बोल्ने बाटो राखेन । महासमिति बैठकमा आफ्नै पार्टीका नालायकको संरक्षण गर्ने कि प्रधानमन्त्रीको खेदो गर्ने हो अर्काे साता छर्लङ्ग हुनेछ ।
कम्युनिष्टसँग गठबन्धन गरेर आफू धेरै मन्त्री र मन्त्रालय लिने जनतालाई कालो बजार र महंगीमा दबाउन काँग्रेसलाई लाज छैन । कम्युनिष्टका गृहमन्त्रीले काँग्रेसका लुटाहा बालकृष्ण खाँणदेखि विनोद चौधरीको सरकारी जग्गा कब्जाको भण्डाफोर गर्दा माुरमुरिएर काँग्रेसी न्यायाधीश यज्ञराज आचार्य मार्फत् अरुण चौधरीलाई छुटाउने काम भयो । त्यो काम बापत न्यायाधीशले राम्रै कमाएको चर्चा छ । डा. आरजुका भाईले एयरपोर्टको सटर कब्जा गर्ने सुदूरपश्चिम सरकारले डा. आरजुको घर मर्मत गर्न १३ लाख ५० हजार दिनु नै काँग्रेसको समाजवाद बन्दैछ । काँग्रेसबाट सांसद भएकाहरूले आर्थिक लुट जति चर्काए पनि कानुनी कारबाही गर्दा प्रजातन्त्र खतरामा पर्छ । जसरी प्रधानमन्त्री पुत्री गंगा दाहालको राजषी शैलीको विरोध हुँदा प्रधानमन्त्री प्रचण्डले गणतन्त्रमाथि नै खतरा देखे ।
सभापति देउवाको भद्रता र डा. शेखर समूहको छुद्रताका बीचमा काँग्रेसका शालिन चरित्र कृष्ण सिटौला धन्न सांसद भएका छन् । गठबन्धनको अर्को उम्मेदवार पराजय हुनुमा डा. शेखर, डा. मिनेन्द्र, कोशी प्रदेशका मुख्यमन्त्रीसम्मको प्रमुख हात छ । यी ३ अनुहारलाई आगामी चुनावमा माओवादीको साथ नहुनासाथ काँग्रेसकै संस्थापन पक्षले पराजित गराउन सामदाम दण्डभेदको नीति लिनैपर्छ । आफू कालो बजार भ्रष्टाचारका बारेमा नबोल्ने गिरिबन्धु टिस्टेटको चिया बगान ठाउँ सारेर प्लटिङ गराउनु पूर्व २५ बिघा जमिन कब्जा गर्ने दाउमा रहेको डा. आरजु देउवाको लुटमा बोल्ने ठाउँ कुन काँग्रेसमा होला ? महासमिति बैठकमा यस्ता खुदखोरको विरोध हुनु जरुरी छ ।