Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कल्पनालाई आजीवन कारावास, छोरीलाई मिल्यो सफाइ

काठमाडौं । घटना सुन्दा नै आङ सिरिङ्ग बनाउने गोङ्गबु हत्याकाण्डकी योजनाकार कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो । गत साउन २५ गते गोङ्गबुमा कृष्ण बहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा शव भेटिएको थियो । बोहराको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो ।

सो घटनामा संलग्न रहेकी कल्पनालाई फागुन १३ गते काठमाडौँ जिल्ला अदालतले आजीवन कारावासको सजाय सुनाएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर कारावासको सजाय सुनाएको छ भने उनकी छोरीलाई सफाइ दिने फैसला गरेको छ । साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ ।

दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहरा र चितवनकी ३७ वर्षीय कल्पना मुडभरीबीच प्रेमसम्बन्ध रहेको तर सम्बन्धमा उतारचढाव आएपछि बोहराको हत्या गरेको कल्पनाले अदालतसमक्ष स्वीकार गरेकी थिइन् । दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएपछि बेहोस बनेका बोहरालाई पछि अण्डकोषमा हम्मरले हानेर हत्या गरेकी थिइन् । त्यसपछि शव व्यवस्थापन गर्न बाथरुममा टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेकी थिइन् । हत्याको करिब ७ महिनापछि नै जिल्ला अदालत काठमाडौंले कल्पनालाई जीवनभर कैदमै राख्ने फैसला सुनाएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार भीम बहादुर निरौलाले बताए ।