Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कसको आडमा बोले ज्ञानेन्द्र ?

काठमाण्डौ । राजनैतिक दलका नेता महाभ्रष्ट भएका कारण परम्परागत राजतन्त्रबाट बिदा लिएका पूर्व राजा ज्ञानेन्द्र शाहा चुप वस्न नसक्ने वताएर कस्को आडमा चलबलाउन थालेका हुन ? ज्ञानेन्द्र बोल्नुमा संघियता, गणतन्त्र, समावेशीताको वदनाम गर्न दलहरू सफल छन । १०५ जना सांसद भए पुग्ने प्रदेश सरकारको आवश्यकता र औचित्य पुष्टि गर्न नसकेको गणतन्त्रका नायकहरूको लुटको सर्वत्र विरोध भएको छ ।
८७५ जनालाई पाल्न मुलुक वाध्य छ । नेकपाका नेतामा देखिएको लुटाहा स्वभावका कारण तीनै पूर्व राजा ज्ञानेन्द्र शाहा अहिले राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको संसदमा भएको उपस्थितिलाई लिएर डुक्रिएका हुन । देशको चिन्ता सबैलाई छ पूर्व राजा ज्ञानेन्द्रले पनि सचेत नागरिकका नाताले देशको वारेमा चिन्ता लिनु स्वभाविक हो । तर उनले मौन बस्न सक्दिन भन्ने आँट पाए कसरी ? उनको ठाउँमा राष्ट्रपति छन् । हिजोको राजाको सेना आज राष्ट्रपतिलाई आफ्नो संरक्षक ठान्छ । सेना छैन, प्रहरी छैन, उनको खर्चमा हिजो मेची महाकाली रथ यात्रा गरेका कमल थापाजस्ता मण्डलेको पार्टी पनि छैन । राप्रपाले संवैधानिक राजतन्त्रलाई काँधमा हालेको छ संसदमा १४ सिट भएको त्यो पार्टीले गणतन्त्र फाल्छ कसरी ?
गणतन्त्रमा राजतन्त्र कसरी अड्छ । त्यो राजतन्त्र जनताको पक्षमा त थिएन आफ्नै दाजूको लागि पनि थिएन । ज्ञानेन्द्रको शासन जनताले हेरेकै हो । आफू पूर्ण रूपमा व्यापार गर्ने ज्ञानेन्द्रले सन्तान सुःख भने पाएका छैनन् । आफू व्यापार गर्ने ज्ञानेन्द्रले चुप वस्न सक्दिन भन्दा हिजो सेना उनको साथमा थियो । आज देशमा राष्ट्रिय राजनीति उथल पुथल भइसक्यो । राप्रपा यसपटक संसदमा शतिmशाली देखिनुको कारण कम्युनिष्ट पार्टी भाँडिनु नै हो । दरवारसँग जोडिएका कम्युनिष्टहरूले काँग्रेसभन्दा राजा र पूर्वपञ्चलाई राष्ट्रवादी ठान्छन् । प्रजातन्त्रवादी काँग्रेस प्रगतिवादी कम्युनिष्टबीचको एकताको फल गणतन्त्र हो । राजा काँग्रेस एमालेसँग १० वर्षसम्म माओवादी लडेकै थियो । सम्झौताबाट गणतन्त्र स्थापना गर्नेगरी शान्ति प्रकृया शुरु भएको हो । शान्तिप्रक्रियाको घाउ निको भएको छैन । एमालेका केपी ओलीले त्यो पाटोलाई चासो नदिदा ०७४ सालको गठबन्धन विभाजीत भयो । पार्टी फुटाइयो । त्यो बेलाको नेकपा अहिले तीन पार्टी भएको छ । पूर्व राज ज्ञानेन्द्र यही छिद्र खोतलेर चुप बस् न सक्दीन भन्दैछन । उनको पछाडि राजेन्द्र र रवि छन् जसले घुस खाने धन्दा चलाईरहेका छन् ।