Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कसको आदेशमा भयो तालमेल

काठमाडौं । जे भयो राम्रै भयो, जे हुन्छ राम्रैका लागि हुन्छ । कम्युनिष्ट आन्दोलनमा यो कुरा सत्य भएन । भारतीय स्वार्थमा माओवादीले डा. बाबुरामलाई प्रम बनायो । यो बापत माअ‍ोवादी फुटाउन मोहन वैद्यलाई सिगारियो । वैद्यसँग भाञ्जी ज्वाई देव गुरुङ छँदै थिए । रामबहादुर थापा, सिपी गजुरेल नेत्रविक्रम चन्द जस्ता खाइदेउछँदै थिए । यिनीहरूको उद्देश्ले भारतीय साथमा युरेपेली युनियनको हन्डी खाने हो । त्यहाँ खड्ग विक जस्ता हुँडारहरू छँदै थिए । हुँडारको काम बिगार्ने हो । त्यसलाई साथ दिने राम कार्की जस्ता लम्पट जसको थातथलो छैन । चुनाव क्षेत्र छैन । श्रीमतीको भण्डार, पार्टीमा आरोपितको कालोहल यिनकै सहयात्री हरिबोल गजुरेल शितलकमुारलाई साथ लिएर मसाल फुटाएका डा. बाबुरामप्रति मोहन विक्रम सिंहको प्रष्टोक्ति आज पनि ताजै छ । डा. बाबुरामसँग राम कार्की पुगेका छन् । यो सुनमा सुगन्ध हो । प्रचण्डसँग धेरैले साथ छाडे । त्यो सत्य हो । प्रचण्डले जनार्दन शर्मालाई पटक पटक मौका दिए । हरिबोल, राम कार्की, डा. बाबुराम, नारायणकाजी, देव गुरुङ, रामबहादुर थापा, दिनानाथ शर्मासम्मलाई ससदीय मोर्चामा ठाउँ दिए, मन्त्री बनाए । तर आज प्रचण्ड परिवारवादी भयो भन्दै आफ्नै ल्याकतले राजनीतिमा स्थापित भइरहेकी छोरी रेणु दाहाल, बुहारी बिना मगरको उम्मेदवारी माथि तिनैले दागा धरेका छन् । जो स्वार्थ पूरा गर्न माओवादी भए आज शुद्ध भारतीय दलाल केपी ओलीसँग डा बाबुरामको तालमेल भएको छ । जनार्दन शर्मा सिसिटिभी फुटेज काण्डमा काँग्रेसकी कुलायनको सेवक बनेर मुलुकमाथि घात गर्ने अर्थमन्त्री थिए । प्रचण्डसँग रिसाएर भारतीय पण्डासँग पार्टी मिलाएर नेकपाको विरुद्ध भारतीय ओदशमा दुई सिटमा तालमेल गरेर जात्रा देखाइँदैछ । यही समूहसँग हुनुपर्ने हरिबोल गजुरेललाई प्रचण्डले आफू प्रम बन्दा राजनीतिक सल्लाहकार राखे । मान्छे चिन्न नसक्दा प्रचण्ड फस्छन् । उनले डा. बाबुरामको उनै प्रचण्डको धोती फुस्काउन तम्से केही लागेन । वैद्यलाई उचालेर देव गुरुङ, पम्फा भुसाल, रामबहादुर थापाले पार्टी फुटाएर दोस्रो संविधानसभामा माओवादीलाई झारपात बनाए । तर माओवादीले ८ बुँदे असहमति राख्यो । यिनको परिवर्तन यथार्थवादी लुटतन्त्र थियो । एमाले काँग्रेससँग पैसा खाए, माओवादीलाई हराए । नेकपा बनाउन ओली तयार भए । बादल गृहमन्त्री बन्दा छोराले असनको साँढे बनेर गरेका अपराध जोगाउन उनी ओलीको शरणमा परेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरण छँदैछ । त्यहाँ ओली सहभागी छन् । आज केपी ओलीको छत्रछायाँमा लाग्दा जनयुद्धकै बेला पटक पटक यौन लम्पट काण्डमा परेका बादलको परिवार नै आज जोगिएको छ । तर यो अपराध कति दिन टिक्छ ? पार्टीको नाम जस्तो फेरे पनि जे राखे पनि जहाँ भए पनि रामबहादुर थापाको परिवार कलंकित छ । प्रलोपाभित्र यस्ता कति छन् । माओवादीबाट चाहिएको केपीलाई यस्तै हुन् । अब राम कार्की, हरिबोल गजुरेल जस्ता हस्ती त्यहाँ गए भने महेश बस्नेत, कृपासुर शेर्पा, शेरधन राई, ऐनबहादुर महरको यौन धन्दा सहज हुन्छ । ओलीलाई थापा, कार्की, गजुरेल देखाएर आफ्ना कार्यकर्ता धम्क्याउन सजिलै हुन्छ । एमालेमा यस्ता धेरै छन् । माओवादीका किनार लाग्दैछन् । डा. बाबुराम चरित्रका हिसावले पतित होइनन् । तर उनले शान्ति वार्तामा आउँदा सँगै ल्याएका पार्थ क्षेत्रीको चरित्रलाई बुझेर नै सम्पर्क कार्यालयमा राखेका हुन् । किनकि क्षेत्रीकी वैधानिक दोस्री श्रीमती सिक्किमको मुख्यमन्त्री कार्यालयकी कर्मचारी हुन् । लाजको पसारो आफैंले हाँकेको युद्धको विरुद्ध गएर डा. बाबुराम आज राष्ट्रपतिको च्याखे दाउमा छन् । उनले अमेरिकी शक्ति समूह रास्वपाका कविन्द्रको पक्ष लिने चर्चा छ । पार्टी नै २ सिटमा एमालेको जेनजी हत्यारा समूहसँग एकाकार भएको बेला डा. बाबुराको खेती कति फस्टाउला ? कनिक त्यहाँ मिलन चक्रे जस्ता जबजका व्याख्याता र रक्षक एमालेका उम्मेदवार छन् । डा. बाबुरामले संरक्षक बन्छु चुनावमा उठ्दिन भनेकै हुन् । तर विचारमा पतित, सिद्धान्तमा गलित कार्यक्रममा स्खलित बन्दै जाँदा ध्वस्त हुने यस्तैले हो । समाजले त्यो बुझ्छ । आजको युवा पुस्ताले भट्टराईको आदर्श, प्रचण्डको दर्शन, केपी ओलीको अहंकारवाद, रविको सहकारी पौरख, गगन थापाको बाख्रावादी सामाजिक अर्थतन्त्र बुझेको छ । समाजका यी कंश हुन् । युवा पुस्ता यो सबै बुझ्छ । जसले देश र जनतामाथि कुलदेवीको जस्तै अपराध गरिसकेका छन् । मतपत्र तयार गरी घाषणापत्र देखाउने कामको थालनी नगर्दै यी ध्वासेहरू प्रमको दाबी गरेर चुनावमा जाँदा भाद्र २३ का हत्यारामाथि खवरदारी गर्ने कि मै ठूलो मै मात्र सबैतिर भन्ने हो ? डा. बबुरामले जेनजीका मुल अपराधीसँग जोडेको गठबन्धनको साइनो जनताले स्वीकार्छ ? कि केपी ओलीले झैं हेपेको हो ? आज प्रचण्डको रिशले भाद्र २३ का कत्लेआम पुरुषसँग गठबन्धन गर्नै पर्ने अवाश्यकता के थियो ? डा. बाबुरामलाई अझै पनि धेरैले मान्थे । तर सिसिटिभी फुटेज काट्ने मुसाको विनोद चौधरी र कुलायनको सम्बन्धले सिध्याएको त्यो जनयुद्धको सिद्धान्त र नाटकीय आदर्शलाई राजश्व परिचालनको आँधीले अब माफ दिँदैन भन्ने बुझे हुन्छ ।

 


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल