Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ठाउँ पाउँदा पदीय गरिमा राख्दैन । कमिशन एजेन्ट र दलालका बाहेक निर्णय गर्दैन । दुई तिहाईको दम्ब देखाउँछ । पूर्व राजाले म आएँ साथ देऊ भन्दा तर्सन्छ । सत्ता दुई तिहाईको छ सरकारी चाल कुहिएको मकैको ढोड जस्तो छ । जनतामाथि दमन गरेर पाथीभरामा केबलकार बनाउने भन्छ । चन्द्रागिरी केबलबारको नाममा थानकोट चित्लाङ पैदल यात्रा गर्नेहरूसँग जनही एकसय उठाउँदा मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ बोल्छ । एमालेको शासनले पत्तो पाउँदैन । भन्सारमा कृषि मल थुपारेर २ वर्षदेखि सडाएको छ । अर्थमन्त्रालय थाहा पाउँदैन । ओलीको चौथो सत्ताकाल जनघात र राष्ट्रघातमा सरिक छ । जहाँ राज्यलाई रु ४ अर्ब ३५ करोड राजश्व बुझाउनु पर्ने व्यवसायीलाई सर्वोच्च अदालतले आदेश दिन्छ । सरकारका प्रधानमन्त्री त्यसैसँग १४ रोपनी जग्गा दान लिएर पार्टी कार्यालय भवन बनाइदिने शर्तमा सहमत गराउँछन् यो सरकारले ठूलालाई पोस्ने र सानालाई डस्ने काम गर्दैछ । पूर्व विशिष्टलाई दिलाउन लागिएको सेवा सुविधा प्रमाण हो । नेपालका पूर्व विशिष्ट देश लुट्न पाए खुशी हुन्छन् । डा. रामवरण यादव यसका ज्वलन्त उदाहरण हुन् । राज्यकोषबाट झण्डै १८ करोड खर्च गरेर बचाएको नेता यति नायालक र भ्रष्ट छ भन्ने ज्ञान जनतालाई थिएन । जनता ढाट्नु जनघात हो । देशलाई ढाँट्न राज्यघात हो ।
पूर्व राजाका दूत राप्रपाका अध्यक्षलाई ०७४ सालमा संसदमा प्रवेश गराएर गणतन्त्र पूर्व राजावादीको पनि हो भन्ने देखाएका तिनै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ०७९ मा राप्रपालाई १४ सिट दिलाएका हुन् । अहिलेको आक्रोश प्रम ओली र उनको दुई तिहाइको दम्बले बढेको हो । जुन दुई तिहाईलाई राजावादीले एकाएक थर्काए । छिमेकी भारतले नपत्याएको उत्तरको छिमेकीले पनि आत्मविश्वास गर्न नसकेको त्यो सरकारलाई देश र जनताको भन्दा दलाल र विचौलियाको माया बढी छ । सरकार सरकारको जस्तो काम गर्दैन । एमाले जोडिएका दर्जनौ काण्ड उसकै वरपर छन् । देशमा रोजगारी छैन । हरेक दिन युवा शक्तिको लस्कर एयरपोर्टबाट विदेशिन्छ । सरकारलाई पछुतो छैन । राम्रो काम गरेकाहरू सरकारको नजरमा पर्दैनन् । बलात्कारी र यौन दूराचारी पार्टीमा पालेर तिनकै निर्देशनमा कार्यकर्ता चल्नु पर्ने बाध्यता एमालेमा छ । पार्टीभित्रै पनि केपी ओलीको विकल्प खोजिएको छ भने सरकारमा पनि त्यो विकल्प खोज्नु नौलो हुँदैन । देशको सार्वजनिक सम्पत्तिमा मस्ती गर्ने धेरै छन् । बाल मन्दिरको जग्गा लुट्ने लौहपुरुष पुत्री रिता सिंह वैद्य, बाँसबारी छाला जुत्ताको जग्गा हडप्ने सदावहार माननीय विनोद चौधरी र कञ्चनपुर जग्गा काण्डकी नायिका डा. आरजु राणा काँग्रेस हुन् । नेपाल स्काउटको जमिन कब्जा गरी भाडा नतिर्ने शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको जमिन कब्जा गरेर रिसोर्ट र तारे होटल चलाउने दिपक खड्का काँग्रेस नै हुन् । उनीहरूमाथि कारबाही हुन्न । प्रधानमन्त्री ओलीलाई पद र कुर्सीको भोक छ । उनको स्वार्थमा देश डुबे पनि भएको छ । यही सरकारले भन्सारमा सेन्डिकेट लगाउँदा राजश्व गुमेको छ । ठूलाको हितमा सानालाई निचोर्न सफल सरकारको नीतिका कारण अहिले विद्रोह चम्केको छ । पार्टी सरकारमा छ, जिल्ला तहका नेता कार्यकर्ता जनतामा ठाडो शिर गरेर हिँड्न नसक्ने अवस्था छ । तर पनि प्रधानमन्त्रीको डाँको ठूलो छ । हिम्मत राजावादीले उठाएका विषयमा प्रतिवाद गर्ने आँट छैन ।
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल