Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कसरी उठ्यो यिनको हैसियत ?

कामठाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनमा रहेको सम्पत्ति शुद्धिकरण विभागले आफ्नो कार्यालयमा थुप्रिएका उजुरीको छानविन कति गर्छ ? तर सरकारी सेवामा रहँदा देशको राष्ट्रिय सम्पत्तिमाथि ब्रम्हलुट गर्नेहरूले शिर ठाडो गरेकै छन् । काठमाडौं महानगर वडा नं. ४ बस्ने सुमनकुमार श्रेष्ठ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत एयरपोर्टमा इञ्जिनियरको रुपमा कार्यरत रहँदा मच्चाएको ब्रम्हलुटको छानविन हुँदैन । जबकि श्रेष्ठको अकुत सम्पत्ति छानविन गर्न २०७५ फागुन १५ गते सम्पत्ति शुद्धिकरणमा परेको उजुरीको खोजी भएकै छैन ।

उनले त्यहाँ घुस खुवाएर उजुरी दबाएको धक्कु लगाउने गरेका छन् । श्रेष्ठ विरुद्ध एक वर्ष अगाडि चितवनका हरिकृष्ण पाठकले सम्पत्ति शुद्धिकरणमा उजुरी दिए । निज श्रेष्ठ चितवनवासी भएकाले उनले चलाएको उपद्रो सहन नसकी अकूत सम्पत्ति सम्बन्धी उजुरी दिएका हुन् ।

श्रेष्ठले हवाई प्राधिकरणमा रहँदा चलाएको लुटले श्रीमती, छोरा, बुहारी र आफ्ना छुट्टाछुट्टै गाडी समेत जोडेका छन् । व्यवसाय गर्ने राजश्व छल्ने उनको धन्दा अहिले चम्केको छ । बैंक तथा व्यापारीक फर्म चलाएका सुमनकुमारका बाबु चिजकुमार श्रेष्ठ बन्दिरपुरे साहु हुँदै हुन् । सरकारी सेवामा रहँदा चलाएको भ्र्रष्टाचार नै अहिले सुमनको फुर्ति लगाउने बाटो भएको छ । यस्ता लुटाहा र राजश्व माराविरुद्ध सम्पत्ति सुद्धिकरणले किन बेवास्ता ग¥यो ? कतै सुमनले विभागको च्यानल मिलाएको धाक लगाउनु र कारबाही नहुनु संयोग त होइन उजुरीकर्ता पाठक पनि दंग परेका छन् ।