Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
आज प्रत्येक नागरिकसँग मासिक, वार्षिक केही हजार रुपैया पर्न थालेको छ । खाडी मुलुकमा या मलेसियाबाट भनु या विकासित राष्ट्रबाट आएको र बाँकी रहन गएको सानो रकमलाई निम्नपूँजी भनियो २०÷५० हजारले अहिले हामीसँग गर्न लायक र गर्न भ्याउने कुनै व्यवसाय र ठोस वस्तु हुन सकेन । अब त्यो रकम हाम्रो फजुल खर्चमा गई रहेछ । मोबाइल सेट फेर्ने, जुत्ता ज्याकेटमा खर्च गर्ने, शृंगार र साडी चोलोमा सिद्धिने गरेको छ । सरकारले नयाँ–नयाँ प्रोजेक्ट ल्याओस र प्रत्येक नागरिकको त्यो सानो रकमलाई हिस्सेदारको रुपमा हिस्सेदारी गराओस । राज्यले त्यस रकमको जिम्मा लिई घाटा परेको १० प्रतिशत ब्याज जोडी दिने । नाफा भए मालिकले हिस्सा पाउने स्वामित्वपन लागू गरोस् र परल धनको पुर्ण ग्यारेन्टी गरोस् । यसरी हरेक साता महिनामा २÷४ वटा प्रोजेक्ट योजना तथा आयोजनाहरूमा लगानी गर्ने बानी बस्दै जान्छ । प्रत्येक उद्योग व्यवसायमा नागरिकको ७० प्रतिशत लगानी अनिवार्य गरिने । यसरी २–४ वर्षमा ५० भन्दा माथि आयोजना वा योजना, उद्योगबाट प्रत्येक दिन १० रुपैया आयो भने ५० मात्र योजनाले उसलाई दैनिक ५०० हन जान्छ । महिनामा यो रकम १५००० हुन गई नागरिकलाई मालिक हुने दिगो विकासमा ढाली सकेको हुन्छ । भविष्यमा तिनीहरूलाई ति आयोजनाको उन्नती, प्रगतीले ठूलो धनराशीको मालिक पनि बनाई सकेको हुन्छ । र दिगो विकासको नागरिकको ढोका कसरी खोली दिँदो रहेछ भन्ने माथिको दृष्टान्टले देखाई रहेको छ । बाँकी ३० मध्ये राष्टिय पुँजी पतिलाई १५ प्रतिशत दिइयोस । यसले राष्ट्रबाट उनीहरूलाई पलाएन हुनबाट बच्न र बचाउन सघाउने छ । र १५ प्रतिशत विदेशी लागानिकर्तालाई दिइयोस, वा दिइनेछ । ति–यि कुनै पनि योजना तथा आयोजना केही प्रतिशत तल माथि परे पनि स्वदेशी विज्ञहरू नै राखी लागु गर्ने गराउने, यसले गर्दा कुनै जातजाती र ब्यक्ति विशेषको मात्र नभई यो सबैको उन्नती गर्ने थातथलो बन्ने छ ।
आज हामीले भोगेको र देखेको के छ भने, अझ हाम्रो जस्तो देशका कतिपय नागरिकले पढ्न नपाएर सानैमा स्कुल छाडन् परेको छ । यसमा विभिन्न कारण भएता पनि मुख्ययतया, यो विषयको मुख्य कारण १०० प्रतिशत अर्थ गरिबी कै हो । बाबु आमासँग कमाई छैन त्यसले के खान्छ, के लगाउँछ र कसरी पढन सक्छ ? शिक्षा प्राप्त नै गरे पनि उसले मेहनत गरे बमोजिमको,क्षमता प्रर्दशन गर्न सक्दैनन् र पाउदैन । त्यही कारण र विविध भएर नै होला कतिमय मुलुकले आरक्षणको व्यवस्था गरेका छन् । तर आज भोली कति पय मुलुकको नागरिकले यसलाई बहिष्कार गर्ने घोषणा गरिसके , र तिव्र विरोध गर्ने गरेका छन् । हुन सक्छ मानिस जस्तो विवेक शील प्राणीले यो कोटा –तौली भातमा २÷४ प्रतिशत आरक्षणमा अल्झिनु पर्दा वहिष्कार र विरोध गरिरहेछन् । कहि साधुरो घेरामा थुनिएको र बाधिनुको पशु झै हामी नवनौ । एक त ४०÷५० प्रतिशत ल्याएर कोटामा पर्ने र अर्को तर्फ त्यही कक्षा मा ९०÷९५ प्रतिशत ल्याएर पढ्ने विद्यार्थी बीच दुई ग्रुपको सृजना हुन्छ । ४०÷५० प्रतिशत लिएर दक्ष जनशक्ति हुँदा पनि त्यो आरक्षण प्राप्त गरेको व्यक्ति कहाँ, कुनै सेवा लिन वा दिन जान हिचकिचाउँछ । सेवा लिन दिन कोही जानै चाहँदैन । यसरी पनि दुई प्रकारको नागरिक बन्न गइरहेछ । र यो भिन्नताको दुरीलाई समाप्त गर्न पनि आरक्षण होइन मानव संरक्षण नै चाहन्छ । यही भएरनै दुनियामा हरेक क्षेत्रमा प्रथम दितिय र तेस्रो हुने लाई नै पुरस्कृत पर्दछ । यो ४०÷५० प्रतिशत ल्याएर उच्च शिक्षा लिनेलाई पुरस्कृत गरेको कसैले हेर्दा रहेन छन् । यसरी, जात जाति, भाषाभाषी र समप्रदाय ले पाउने २÷४ प्रतिशत मा अल्झनेकी ? १०० प्रतिशत मा मालिक हुने ? यो नकारात्मक पक्ष को वितृष्णा को खेती रोक्न पनि मालिकवाद नै – अगाडि आउनु पर्ने देखिन्छ । त्यसैले निम्न पुँजीको संरक्षण गरिदिंदा त्यहाँ विद्यार्थीको ध्यान पढाइमा हुने होड चल्न थाल्दछ । हो पनि आज संसार भने के ‘होडको होड’ मात्र हो । त्यसैले अब यि विद्यार्थीलाई हामी मध्ये जब कसैले राज्य सत्तामा पुग्ने वा पुगेकाले (वर्तमानले) यो कठोर तथा छोटो बाटो अपनाउनै पर्दछ । यदि यो बाटो कसैले हिड्दैन भने लुटवादको शक्ति संसार भर पैदा हुनेछ । त्यसैले यो राज्य व्यवस्थाको शुरुवात गर्ने छ । समाजको विविधताको यो खाडलको रुप सानो छैन र ठान्नु पनि हुँदैन । यो घृस्टता के का लागि, कसका लागि त भन्दा मुल्कको सरकारी स्कुलका छात्र छात्रा जो १२ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले यिनका लागि तिनकै स्वामित्तोमा बैक खोली दिने । कसरी ? हाम्रा जस्तो देशको पञ्च बर्षिय योजना लागु भए यता र गणतन्त्र पछिको नयाँ नेपालको नारा दिएर प्रानो लुटतन्त्रमा फर्किएको नेतामुखी व्यवस्थाले गरेको विकासको प्रतिफल सुन्यमा पुगेको सर्वविदितै छ । लाग्छ अब योजना आयोगमा बस्ने विद्त वर्गले छुट्टि लिने दिन आयो । हेर्नेस विद्त मित्रहरू तपाईहरूको पुर्व योजनाले हामीलाई कसरी खिस्याई रहेको छ । धारामा टुटी छ । पानी छैन । खम्बा छ, बिजुली छैन । झोलामा खोला छ । महिना पनि निवित्दै भत्कने बाटो छ । जात जातीको नाममा पैसा आएकै छ । निम्न वर्गमा पुगेकै छैन । मै हुँ भन्ने नेता कँहा एउटा कपी र कलम पुग्दैन । गरिवको झुपडीमा पुग्ने कहिले ? कसले पुयाउने ? यिनलाई भरेको पेट भर्न धौ धौ छ । उस्ले कहिले त्यो पाउने र कहाँ खोज्ने ? जसले खाएर अर्जिण भएको छ, त्यसको विरुद्ध कोही बोल्दैन । बास्तबिक तेहि घिचुवा, उहि नाना थरी विवाद निकाल्छ । स्कुल छ, विद्यार्थी छैन । विद्यार्थी छन, वेन्च छैन । बेन्च छ छाना छैन । यस्तो विकास कसका लागि ? सबै तपाई कै कार्यकालमा बनेको योजना होइन ? एकल काँटे होस या सम्भ्रान्त परिवारको लागि, यो भन्दा उत्तम चक्रिय ब्यवस्था अन्य हुनै सक्दैन । (हे –जर्नादन) हो ! अब के कारण कसका कारणले यो विकास ? किन ? तपाईहरूलाई माथि देखि तलसम्म मिठो नमिठो जानी जानी भन्नु परेको छ । कुन कारणले अब हामीले, आफै लाई बुझ्ने हो ? स्पष्ट पारौं । के माथिकै जस्तो विकासलाई हेरेर, बालुवामा पानी कति खन्याई रहने ? जन्मदै गरेको आफ्नो वच्चालाई ऋणमा टेकाएर टाउँकोमा कति ऋण थोर्पदिने ? माथि उल्लेखित विकासको निकम्मा बजेटलाई एकमुस्ठ पारी स्कुलमा १२ कक्षा सम्म पढने केटाकेटीको नाममा एउटै बैंक ससर्त खोली दिने । प्रत्येक व्यक्तिको नाममा रु २५००० शेयर स्वरुप सरकारी रकम हालिदिने, सोही मुताविक यिनका अभिभावकलाई त्यतिकै रकम हाल्न लगाउने । त्यो एक हिस्सेदार भयो । जसका आमावाबु ले हिस्सा हाल्न सक्दैन त्यसलाई आधा हिस्सेदार मानिनेछ ।
जसका छोराछोरी कहि कतै यो मल्कमा पढ्दैनन, तिनलाई चौबर रकम हाल्न लगाउने र एक हिस्सेदार बनाउने । त्यस रकमको आधा रकमले हाल्न नसक्ने असहाय लाई त्यो हिस्सा दिलाउने । माथि उल्लेखित जसमा छोरा छोरी कहि कतै यो मुलुकमा । पढदैनन, उसलाई किन हिस्सेदार नबनाउने त ?जसले रकम हाल्छन् तिनलाई जन्मेको थात थलोमा फर्काउन नै हो । तिनलाइ भोली आउने बाटो खुल्छ, साथै तिनले चाहेको वातावरण बन्छ । वातावरण भएपछि आफ्नो हक अधिकार पाउन यो खोज्न बस्न तिनलाई सरल यो देशको बाटो खुल्छ । वातारण बन्यो भने तत्काल बिदेश छोडी स्वदेशमा आफ्नो उच्च ज्ञानसिप प्रयोग गर्न थाल्ने छन् । माथि उल्लेख गरिएको बैंकको जिम्मा केही समय राष्ट्र बैंकको जिम्मामा रहने,तर यसको व्यवस्थापन स्वदेश तथा विदेशमा उच्च शिक्षा लिएका तर कुनै पनि सरकारी निकायमा हाल सम्म काम नगरेका युवा युवती लाई सुम्पने हो । राष्ट्रवैक लाई त्यस वेला सम्म जिम्मा दिइने छ, त्यो बैंकको आफ्नो भवन प्रत्येक गाउँपालिकामा नभए सम्मको लागि मात्र हो । यो एक स्वायत प्राप्त ती विद्यार्थीहरूको बैंक हुनेछ । विद्यार्थी वर्गले सम्बन्धित गाउँमा आफ्नै अभिभावकलाई मात्र लगानी गर्नेछ । एक व्यक्ति एक पेशा माइको फाइनान्स सिस्टमबाट गरिनेछ ।
(लेखक मालिकवादका प्रणेता हुनुहुन्छ)
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल