Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कसले दियो यिनलाई प्रमको आश्वासन

काठमाडौं । व्यवस्था बदले पनि अवस्था उस्तै भएपछि कम्युनिष्ट पार्टीहरूले सुधारको बाटो पहिल्याएका छैनन् । सत्ताका लागि जहिले सुुकै जुन दलसँग पनि घाँटी जोड्ने गलत प्रवृत्तिबाट नेता मुक्त भएनन् । राजनीति स्वच्छ नहुँदा वितृष्णा जाग्दो छ । तर दलका नेता आफैंले गरेको उटपट्याङ भाषणमा मख्ख छन्, स्थानीय तहको निर्वाचनमा ठूला दलहरूप्रति वितृष्णा दर्शाएर पूर्वको धरान, केन्द्रीय राजधानी काठमाडौं र सुदूरपश्चिमबाट प्राप्त त्यो परिणामले मुर्छा भएका भ्रष्टहरू भने छटपटाएका छन् । वामपन्थी मोर्चा र पार्टी एकताका कुरा राष्ट्र र जनताका लागि भएको भए नेकपाको नाउमा ठूलो दल बनेर शासक भएका केपी ओलीले नीतिगत लुट चर्काउने थिएनन् । कम्युनिष्टहरू जनताको जीवनस्तर उठाउने भन्दा गिराउने रहेछन् भन्ने कुराको प्रमाण केपी ओलीको ४१ महिने शासन काफी भयो । एमाले नेतृत्वले नेकपाको महत्व र औचित्य देखेन । सरकारका कुनै पनि विकासका योजनाहरूलाई पार्टीको सम्पत्ति बनाएन । किनकि पार्टीमा छतलफल गर्ने, योजना छान्ने काम गर्नुपर्छ भन्ने चिन्ताले एक्लो वादशाहलाई छोएन, त्यसैले उनका अगाडि महत्वपूर्ण भएन ।
अहिले स्थानीय चुनावले दिएको शिक्षा लिएर दोस्रो पार्टीले कुनै योजना ल्याएको छैन । उसको सुर गठबन्धन भत्काउने हो । माधव र प्रचण्ड उधारो प्रधानमन्त्रीका कुरामा रमाएका छन् । यिनलाई प्रधानमन्त्री कसरी र कसले प्रस्ताव गरे ? प्रचार यिनीहरूको रहर भएको छ । जबकि नेकपा एमाले एक्लै भिड्ने भन्दैछ । जसले गर्छ रहर उसको जान्छ गोठको बहर भन्ने त उखानै छ । कम्युनिष्टहरूका एकताका बाधक एमालेका केपी ओली र उनको लुटाहा चिन्तन हो । तिनले राज्यबाट आफ्नो उपचार खर्च लिने गरिब निमुखा जनताको स्वास्थ्य उपचारमा कति चासो दिए ? भोकमरीमा परेका जनताको सेवा कति गरे ? जो कोरानाको बेला भोकमरीमा परेका जनतालाई खुलामञ्चमा खाना खुवाउनेहरूका विरुद्ध नगर प्रहरी खटाएर बहादुरी देखाउनैमा व्यस्त भयो । अहिले महिना महिनामा इन्धनको मूल्य बढाएर अन्तर्राष्ट्रिय बजारको हवला दिएर विद्युतीय ऊर्जाको ख्याल नगर्दाको परिणाम राज्यले सहँदैछ । ओली शासनको तीन वर्षमा भारत निर्भर इन्धन घटाउने योजना ल्याइएन । त्यो बेला सरकार इमान्दार थियो भने विद्युतीय ऊर्जा देशले प्रयोग गथ्र्यो । असफल पात्रहरू पार्टीमा हैकम देखाउँदैछन् । पद त्याग्न नसक्ने नेतृत्व हस्तान्तरण गर्न नचाहने कम्युनिष्टहरूले पार्टी, सिद्धान्त र नीतिगत निर्णयलाई जोड दिएको भए यो चुनावमा व्यवस्था बदल्यौ, अवस्था बदलौं भन्ने ठाउँ थिएन । सत्ता गठबन्धनको योजना संविधानको रक्षा, गणतन्त्रको सुदृढीकरणमा केन्द्रीत छ । अदालती प्रक्रिया झन्झटीला हुने र प्रशासनिक झमेला लम्बिने प्रवृत्तिलाई समेत कम्युनिष्ट पार्टीले ख्याल नगर्दा वामपन्थी गठबन्धन भत्काउने काम मात्र भएन पार्टी समेत टुक्रा टुक्रा भएकै छ । टुक्रिएको पार्टी एक हुने छाँट छैन । चुनावी मोर्चालाई समेत चासो दिइएको छैन । नेताहरूको ध्यान चरित्र सुधारमा छैन केबल प्रधानमन्त्री पदको अफर आयो भनेको छ । काँग्रेसलाई अत्याउन गरिएको यो छलकपटलाई राजनीतिक तहमा महत्व दिइएको छ जुनबेला देशमा संघीय र प्रदेशको चुनावमा देश तयारीमा छ ।