Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सुरक्षा सम्वेदनशीलतालाई राज्यको प्राथमिकतामा पारिन्छ । राष्ट्रको सम्मेदनशीलता सार्वभौम अखण्डाको रक्षा सुरक्षासँग जोडिन्छ । सरकारसँग सेम्बा छ त्यसले राष्ट्रको सेवा गर्छ भनिन्छ । तर त्यो शक्ति हतपत व्यारेक छोड्दैन । राष्ट्रिय अनुसन्धान विभाग सेना शसस्त्र प्रहरी र नेपाल प्रहरी भन्दा बढि सचेत र सम्वेदनशिल समूह हो । त्यो शक्तिलाई कसरी संचालन गर्ने भन्ने कुरा राजनीतिक शक्तिहरुमा भर पर्दछ । राजनीति गर्नेलाई योग्यता क्षमता संस्थाको आवश्यकता पहिचान भएन भने त्यो संस्था पंगु हुन्छ ।
तर त्यसका संचालक अर्थात् प्रमुखहरुले विभागीय मन्त्री र प्रधान मन्त्रीलाई बुझाउन सके भने अनुसन्धान विभागको काम कर्तव्य र क्षेत्रको महत्व राख्दछ । संस्थागत रुपमा त्यसको जिम्मेवारी र महत्व बचाउन सक्नु नै संस्थागत पूजी हुन्छ । जागिरेको रुपमा मात्र अनुसन्धान विभागलाई लिइयो भने त्यसले आफ्नो लक्ष पूरा गर्न सक्दैन ।
विभागलाई ३ वर्ष सबल सक्षम र सुव्यवस्थित बनाएर त्यसका प्रमुख गणेश अधिकारीले केहि महिनामा अवकास लिदैछन् । सेवा अवधि ३० वर्षे लाग्ने हुँदा उनको अवकास हुने हो । तर देवीराम शर्मा गणेश अधिकारी जस्ता सवल नेतृत्व त्यो संस्थाका लागि सधै जरुरी पर्छ । उनीहरु जस्तै त्यहाँ धेरै प्रमुख भए हराए । सवल प्रमुखहरुसँग राज्यले सहयोग लिन सक्नु पर्छ । विभागलाई समय अनुकुल बनाउने विधेयक संसदमा थन्कियो । राजनीतिक द्वन्द बढ्दै जाँदा संसद विघटनको घटनाले पनि संसदमा पुगेका ११९ कानूनहरु स्वीकृतिका लागि थन्किएका छन् । त्यही भित्र राष्ट्रिय अनुसन्धानलाई सबल बनाउने विधेक पनि परेको छ । अधिकारीको कार्यकालमा तल्लो तहदेखि अधिकृत स्तर सम्मका राष्ट्र सेवकहरुलाई सेवा सुविधामा भेदभाव भएन । कतिपय सुविधाहरु कोरोना कहरका कारण स्थगित गरिए । सरकारले बजेट मार्फत दिलाएका ती सुविधाहरु सुचारु गर्न त्यही प्रकृया लागू हुन्छ । उनको समयमा संस्थागत सकृयतामा खुनखोट देखिएन । तत्कालीन सरकारले के के न गर्ने झै अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यलयमा लाग्यो । तर केहि नयाँ योजना र कार्यक्रम सुम्पेन । प्रमुखले अवकाश पाएपछि त्यो पदमा पुग्न उपप्रमुखहरुको प्रतिस्पर्धा त हुन्छ नै राजनीतिक दबाबमा विभागमा प्रवेश गरेका त्यहीबाट प्रहरीमा लगिएका अधिकृतहरुले संस्थागत प्रतिष्ठा बचाउने भन्दा प्रहरीमा गुमाएका छन् ।
तर अनुसन्धान विभागका सेवकहरु बदनाम बन्नबाट जोगिएका छन् । प्रहरी, शसस्त्र प्रहरी, सेना खटेका ठाँउ र जिल्लामा राष्ट्रिय अनुसन्धान विभाग पुगेको छ । स्थानीय प्रशासनसँग उनको सम्बन्धले राष्ट्रिय महत्वका सूचना तथा गतिविधि छिटो थाहा पाउनेमा त्यो पर्छ । तर विभागलाई समय अनुसारको बनाउन सरकारले सकेको छैन । भौतिक पूर्वाधार प्राविधिक क्षेत्रको स्तरोन्ती, आवश्यक तालिम जस्ता कुरा अबको अनुसन्धान पूरानै ढर्रामा चल्दैनन् । राज्य संचालकहरुले शसस्त्र प्रहरी र नेपाल प्रहरीबाट लिने साथ भन्दा अनुसन्धान विभागले प्राप्त गर्ने र दिने सूचनालाई महत्व दिनु पर्दछ । देशको राष्ट्रिय आस्मिता सार्वभौम अखण्डता सुरक्षाका दुष्टिले महत्वपूर्ण हुन्छ । शान्ती सुरक्षामा नेपाल प्रहरी सीमा सुरक्षामा शसस्त्र प्रहरीको भए जस्तो देशको सार्वभौम अखण्डताको रक्षामा राष्ट्रिय अनुसन्धान विभागको महत्व छ । प्रमुखहरुको फेरबदलमा प्रहरी, शसस्त्र प्रहरीको जस्तै अनुसन्धान विभागको पनि प्रतिस्पर्धा र दौडधुप चल्छ । अधिकारीले आफ्नो कार्यकाललाई सवल बनाए सन्तुष्ट लिए उनी पछि वरिष्ठताका आधारमा यदू खरेल छन् । उमेर हदका कारण उनी ६ महिने भएकाले चहल पहलमा हुतराज थापाहरु लाग्नु नौलो होइन ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल