Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह झापा ५ का पाहुना उम्मेदवार हुन् । युवामाझ लोकप्रिय भए पनि काम र भिजन दुवै अभाव भएकाले साउनमा उर्लिएको भेल जस्तै बालेनको पक्षमा झापाका मतदाता उर्लिन तयार नभएको दाबी यहाँका एमालेको छ । झापा एमाले अध्यक्ष प्रेम गिरीका अनुसार बालेनले झापा ५ का मतदाताको मनोभावना बिगार्ने गतिविधि गरेकाले एमालेले कार्यकर्ताहरू परिचालन गरेर त्यसको प्रतिरोधमा लागिरहेको छ । सचिवालयका अनुसार यहाँ अहिले पनि बालेनले भित्री रुपमा थुप्रै कार्यकर्ता र समर्थक खटाएर झापा ५ को माहोल बनाउने काम गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पुरानालाई होइन, अब नयाँलाई अवसर दिऊँ भन्ने नारा अगाडि बढाएको छ । यसले युवा मतदातामाझ लोकप्रिय बालेनलाई केपी ओलीविरुद्ध बलियो बनाउने सचिव शम्भु सुस्केराको दाबी छ । सुस्केरा झापा ५ बाट बालेन विजय भएपछि प्रधानमन्त्री बन्ने कुरामा अलमलको अवस्था नरहेको बताउँछन् । यहाँ राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले बालेन र ओली कसैलाई सहयोग गरेमा जित सुनिश्चित हुनेछ । तर त्यसको सम्भावना टरेर गएको राप्रपा अध्यक्ष लिङ्देन बताउँछन् । २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूको मत हेर्दा झापा ५ मा एमालेको मात्रै मत ४१ हजार ६१९ छ । यहाँ दोस्रो बनेको कांग्रेसको २२ हजार २२ थियो । नेकपा माओवादी केन्द्रको जम्मा १० हजार ७७८ मात्रै थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले यस निर्वाचन क्षेत्रमा ८ हजार ३५३ मात्रै मत ल्यायो । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एक हजार ९८८ मत ल्यायो । दमक नगरपालिकाको प्रमुख जितेका राप्रपाका राम थापाले कांग्रेस र माओवादीसहितको गठबन्धनको साथ पाएका थिए । तर स्थानीय तहको गठबन्धन प्रतिनिधिसभामा आइपुग्दा उल्टियो । जहाँ एमाले र राप्रपा मिलेर कांग्रेस–माओवादीलाई धक्का दिए । ओली झापा क्षेत्र नम्बर ५ मा २०४८ सालदेखि उठिरहेका छन् । माओवादीको लहर भएको ०६४ सालमा उनी विश्वदीप लिङ्देनसँग पराजित भए । २०७९ मङ्सिरमा भएको निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत ल्याएर कांग्रसेका डा। खगेन्द्र अधिकारीलाई हराए । त्यसबेला अधिकारीको मत २३ हजार ७४३ थियो । बालेनजस्तै ओलीविरुद्ध सार्वजनिक रुपमै लेख्ने बोल्ने गर्दै आएका युग पाठक सञ्चारमाध्यममा हल्ला गरेर ०७९ सालमा झापा(५ पुगे । तर उनले हजार भोट पनि कटाउन सकेनन् । त्यसबेला ३५६ मत ल्याउँदै उनी काठमाडौं फर्किए । त्यसबेला रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याए । समानुपातिकमा एमालेले ३५ हजार ८७ ल्याउँदा रास्वपाको मत १८ हजार २ सय ५ आयो । झापाबाट तेस्रो मत कांग्रेसले १६ हजार ८५९ मत पायो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार योपटक झापा ५ मा १ लाख ६३ हजार ३ सय ७९ मतदाता छ्न । ७९ को निर्वाचनपछि यहाँ १० हजार मतदाता थपिएका हुन् । ०७४ को झापा ५ मा एक लाख ३७ हजार ५४१ मतदाता थिए । जसबाट ओलीले मात्रै ५७ हजार १३९ मत पाए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा। खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याए । २०७९ मा एमालेविरुद्ध पाँच दलीय गठबन्धन बन्दा पनि ओली रक्षात्मक अवस्थामा पुग्ने अवस्था थियो । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितले यहाँ ओलीलाई परास्त गर्न सारा रणनीति बनाए । तर परिस्थिति उल्टो भयो । ओलीको निर्वाचन क्षेत्र रहेको दमक नगरमा राप्रपाले स्थानीय तहको चुनाव जित्दा अनेक आशंका पनि गरिए । तर ओलीले त्यही राप्रपाको पनि साथ लिएर गठबन्धनलाई लोकप्रिय मतसहित घुँडा टेकाए । यस पटक पनि राप्रपासँग अन्तिमसम्ममा गठबन्धन हुने ओलीले संकेत गरेका छन् । तर, राप्रपा अध्यक्ष लिङ्देन कुनै पनि हालतमा यसपटक गठबन्धन गरेर अगाडि नबढ्ने दाबी गर्छन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल