Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कस्तो छ हरिवंश दम्पतीको अवस्था ?

काठमाडौं । कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण देखिए पनि स्वास्थ्यमा भने खासै असर देखिएको छैन । आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र श्रीमती रमिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। “सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं। हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो। हाम्रो स्वास्थ्य अवस्था सामान्य छ, हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला”, आचार्यले फेसबुकमा लेखेका छन्, “यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं। कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं।”