Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कहाली लाग्ने खालका बलात्कृत घटना लगातार घटिरहेपछि

भदौ पाँच गते आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जवरर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा हजुरबुबालाई प्रहरीले पक्राउ गर्यो। ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता पटक पटक करणी गर्दै आएको र चार महिनाको गर्भ रहेको स्वास्थ्य जाँचबाट थाह भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । विद्यालयमा अध्ययनरत छात्रालाई अस्वाभाविक देखेपछि शिक्षक शिक्षिकाले अनुसन्धान गरेर बालिकामाथि सोधखोज गरेको र बालिकाले आफ्नै हजुरबुवाले आफूमाथि यस्तो कार्य गरेको बताएपछि हजुरबुबालाई पक्राउ गरिएको थियो ।

गत वर्ष एक वालिकाको आफ्नै सौत्याने बुबाले बलात्कार गरी गर्भवती बनाए । ११ वर्षकी उक्त बालिका गर्भवती भएको तीन महिनामा बुबाबाट गर्भवती भएको पुष्टि भयो । बुबा अहिले सम्म फरार छन् । बालीकाका आफ्नै बुबा कहाँ छन् भन्ने अहिले सम्म थाहा हुन सकेको छैन । बालिकाकी आमाले दोस्रो विवाह गरिन ।

विवाह गरेको केही समयपछि सुत्केरी भइन । दोस्रो विवाह गरेर गएकी आमा सुत्केरी हुँदा घरमा सर सहयोगका लागि लगिएकी उक्त बालिकालाई सौत्याने बुबाले गर्भवती बनाएर फरार भए । ती बालिका अहिले आफन्तसँग बेसेकी छिन । गत चैत्र २० गते १५ वर्षकी बालिकालाई घरमा कोही नभएको मौका पारी करणी गरेको आरोपमा प्रहरीले भाइलाई पक्राउ ग¥यो । पीडित बालिकाको आमाको भाइको छोराले घरमा कोही नभएको बेला करणी गरेको भन्दै जाहेरी परेको थियो । पीडित कानुनी कारबाहीमा छ ।

गत पुस १७ गते १३ वर्षकी बालिकालाई फकाई फुल्याई पाँच सय रुपैयाँ दिएर करणी गरेको र २५ हप्ताको गर्भ भएपछि प्रहरीले पक्राउ ग¥यो । विभिन्न प्रलोभनमा पारि आफ्नै घरमा बोलाएर करणी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । गत वर्ष १५ वर्षीय एक बालिका बलात्कृत भइन । उनी कोबाट बलात्कृत भइन भन्ने खुल्न सकेन । अपरिचित व्यातिबाट बलात्कृत उक्त बालिका बुबा र आम बिचको सम्बन्ध समेत राम्रो नभएको अनुसन्धानले देखाएको छ । १४ वर्षकी एक बालिका चार वर्ष देखि जबरजस्ती करणीको सिकार बनिन ।

गत वर्ष भदौ २३ गते दुई जना बालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ ग¥यो । दुवैले १४ वर्षीय र १३ वर्षीय वालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको थियो । एक वर्ष अघि भतिजी साइनो पर्ने बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६२ वर्षका वृद्धलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको थियो । करणी गरेको आरोपका केही अभियुक्त अझै पनि फरारमा छन् भने धेरै कानुनको सजाय भोगिरहेका छन् ।

यी त जिल्लाका प्रतिनिधि मुलक घटना मात्रै हुन । गत आव र चालु आवमा इलाममा ३० वटा जवरजस्ती करणीको मुद्धा आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पछिल्लो समय परिवार र संरक्षकबाटै बाल बालिका बलात्कृत हुने गरेको पाइएको छ । दिन प्रतिदिन विभिन्न सङ्घ संस्थाले सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दा पनि बलात्कारका घटना घट्न छाडेका छैनन् । मानवअधिकार मञ्च इलामकी बाल अधिकार अधिकृत गायत्री थेगिम के कारणले यसरी घटना घटिरहेको छ भन्ने अनुसन्धान गर्न आवश्यक रहेको बताउँछिन् ।

‘समाजमा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका धेरैजसो असुरक्षित रहेको भन्दै थेगिम भन्छिन्, ‘पीडित सँगको मात्र अनुसन्धान नभई दोस्रो पक्षसँग पनि कुरा गर्न पाउने भए के कारणको अनुसन्धान हुने देखिन्छ । स्थानीय सरकार, प्रशासन लगायतका विभिन्न संघ संथाले चेतना मूलक कार्यक्रम गरिरहँदा पनि दिन प्रतिदिन घटना दोहोरिनु दुखद रहेको भन्दै घटना घटाउनेसँग पनि अनुसन्धान गर्न आवश्यक रहेको उनको भनाई छ ।