Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जनताको चाहना, देशको आवश्यकता, कार्यकर्ता र पार्टीको योजनाहरूलाई कार्यक्रममा ध्यान दिने कसैले भएन । यो देशको साझा शत्रु भ्रष्टाचार, माफिया करण हो । तर शासकहरू आफैं माफिया, तस्करका सारथी बन्ने गर्छन् । मुलुकको आयश्रोतमा घोटला नमच्चाइकन देउवाको हवेली ओलीको दरबार बनेको होइन । राज्यश्रोत ध्वस्त पार्ने काम नीतिगत तहमै गरिएपछि विकास खोजेर पाइन्छ ? धनदौलत जोड्ने र पार्टीको सिद्धानत, विचार र कार्ययोजना कहाँ कति सफल बनाए ? त्यो देखिएकै छ । गणतन्त्र नेताका लागि आयो । जनताका लागि केही आएन । हिजो एउटा राजा र उसैको परिवार तथा ढोके, बैठकेको राज थियो । आज पार्टीका नेता, परिवार, नातागोता, भाइ–भारदार पार्टीको गुटको लागि व्यवस्था परिवर्तन भएछ । प्रत्येक नेता काठमाडौं छिर्छ, आफ्नो स्वार्थलाई केन्द्रीत भएर राज्य दोहन गर्छ । जसले राम्रो काम गर्छ उसलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइँदैन । यसको उदाहरण सरकारको स्वामित्वको विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरणमाथिको सत्ता हस्तक्षेप हो । यी संस्थाले उठाउनु पर्ने राजश्व यिनले दिएको सेवा बापत कति प्राप्त करमाथि प्रधानन्त्रीको हस्तक्षेपलाई नै लिन सकिन्छ । सरकारको लगानीको वायुुसेवा निमम ध्वस्त बनाएर यति एयर र हिमालयन एयरलाई व्यापार दिने प्रधानमन्त्री केपी ओली नांगै उत्रिए । जसको लगानी गणतन्त्रको आन्दोलनमा छैन । उनैले शासन गर्दा आन्दोलनको मर्म र भावनाको कदर गर्दैन भन्ने कुरा प्रधानमन्त्री ओली हुन् । जो पार्टीमा तानाशाह सरकरमा कठोर शासक भएका छन् । हरेक मन्त्री र मन्त्रालयमा उनको हस्तक्षेप सहन मन्त्रीहरू बाध्य छन् । सत्तामा दलगत प्रतिनिधित्व छ । काँग्रेसका दश मन्त्री छन् । तिनले विवेक प्रयोग गर्न पाएका छैनन् भन्ने कुरा छरपष्ट छ । त्यही कारण डा. शेखरहरू सरकार एमाले करण भयो भन्दैछन् । सत्य पनि त्यही हो । जनताको स्वास्थ्यमा गम्भीर खेलवाडछ । कम्युनिष्टको नाउमा सरकारको नेतृत्व लिएको बेला सरकारी अस्पतालमा जनताले पाउनु पर्ने सेवा कस्तो पाएका छन् ? विद्यालय शिक्षा धनी र गरिबको फरक भए जस्तै अस्पतालको सेवा पनि उस्तै छ । यो सत्य प्रधानमन्त्रीको पदमा भएको अहंकारी नेतालाई थाहा छ । तर ऊ बोल्छ, सरकारी स्कुलका शिक्षकबाट गुणस्तरीय शिक्षा भएन । ती शिक्षकलाई पार्टीको काम पनि लगाउँछ, लेबी उठाएर भकुर्छ अनि गुणस्तरीय शिक्षा महंगा स्कुल र बोर्डिङले दिएका छन् भन्छ । शासक भएपछि उसको दायित्व हुन्छ । तर प्रधानमन्त्रीको तहबाट त्यो दायित्व कही पनि पूरा भएको छैन । प्रम ओलीले अभिभावकीय जिम्मेवारी लिएका बाल बालिकाको हालत के छ कहिल्यै सोधखोज गरेका छन् ? एकछिन बालबालिकालाई काखमा लिएर चकलेट दिएर कर्तव्य पूरा हुन्छ ? प्रम ओलीसँगै त्यो बेला मन्त्री र नेताको होडबाजी चलेको थियो । कम्युनिष्टहरूले ढाँट्न हुँदैन । नसक्ने र नहुने काम गर्न हुँदैन । तर हाम्रा नेताहरूमा त्यो सदबुद्धि कहिल्यै आएन । उनीहरूमा हामी भन्ने भावना छैन म र मेरो भन्ने दम्ब छ । त्यही कारण राष्ट्रभक्ति चेतना छैन । ओली प्रचण्ड जनताका बीचमा जे बोल्छन् त्यस अनुसार काम गर्ने हो भने सुधारको क्रम शुरु हुन सक्थ्यो । गणतन्त्रको सिङ, जुरो आउँदैन । लुट्नेले लुटेकै छन्, गरिब झन गरिब बन्दैछ, धनीको धन बढेको बढ्यै छ । देश आर्थिक रुपमा टाट पल्टाएर मुखले समृद्धि र विकास खोजेर कहाँ पाइन्छ । जबसम्म मानवीयताको कदर हुन्न तबसम्म यस्ता समस्या आउँछन् ।
२०८१ फाल्गुन २८
ताजा नेपाल
२०८१ फाल्गुन २८
ताजा नेपाल
२०८१ फाल्गुन २८
ताजा नेपाल