Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कहिले हट्छ हजुर बिचौलियाको राज

काठमाडौं । के थियो नेकपाको स्कुल विभागमा त्यस्तो र जनताको बहुदलीय जनवादको पक्षपोषण गर्ने ईश्वर पोखरेललाई एकताको महाधिवशेनसम्म जनताको जनवादकै पक्षमा स्कुलिङ चलाउने तर जनताको बहुदलीय जनवाद भन्नै नहुने गुथि कुरा ! आखिर वर्तमान नेकपाको नेतृत्वले वर्गीय मुद्दा त्यागेर जातीय मुद्दालाई बोकेको धेरै भयो । जातका कुरा पार्टीमा जनवर्गीय संगठनमा पैवेश गर्नासाथ कम्युनिष्ट पार्टीले अपनाउँदै आएको माक्र्सवादी सिद्धान्त र लेनिनवादी अवधारणाको अवशेष बाँकी रहँदैन । त्यो हिजो एमालेमा थिएन । सत्तामा जाने गरेपछि माओवादीको पनि रहेन । नेताहरूलाई सत्ता प्रधानताको धङधङीले छाडेको छैन । पदका लागि देखाइएका कुण्ठा र आवेगले जनताको सेवा गर्दैन । अहिले सरकारमा सहभागी नेता तथा मन्त्रीहरू सर्वहारा वर्गका अगुवा होइनन् ।

यिनमा पेटी बुर्जुजा शैली छ । कार्यकर्ता चिन्दैनन् आफन्त छाड्दैनन् । धनको गडगडाहट छ । गरिबको नाममा यिनले राजनीति गरेका छन् । तर राज्यबाट त्यो गरिबले पाउने सेवा सुविधा आफैं प्रयोग गरेका दर्जनौं उदाहरणहरू छन् । १४ वर्षे संसदीय अभ्यासको अनुभव लिएको एमाले र ११ वर्ष बन्दुक उठाएर सामन्तवादको अन्त्य, सामाजिक न्याय, शोषण उत्पीडनको अन्त्य, गरिब निमुखा, बेसहारा, घरवारहिन सुकुम्बासीको सेवक बन्ने घोषणा गरेको माओवादीमा अन्तर छैन । सत्ता सञ्चालनका लागि माओवादीले नयाँ सोच ल्याएको तर एमाले पुरानै सोच र चिन्तनमा भएकाले चुनाव घोषणापत्र लागू गर्न सम्भव भएन भन्ने ठाउँ नै थिएन । त्यसकारण नेकपाका पार्टी विभागहरूमा कसले के पाउने को शक्तिवान बन्ने भन्ने द्वन्द्व नै निरर्थक हो । जबकि सरकार र पार्टीबीचमा कुनै तालमेल छैन ।

जनताले चाहेको नेकपाको वर्तमान सरकारका मन्त्रीहरू भ्रष्टाचारी र बिचौलियामुखी नहोउन् भन्ने थियो तर त्यो चाहनालाई चुनौती दिँदै सरकारले मन्त्री परिषद्बाटै नीतिगत भ्रष्टाचार गर्ने गरी बाटो खोल्यो । फास्ट ट्य्राकमा सेनाको मागअनुसारको बजेटमा कुरा नमिलेको पनि त्यही हो । ५ अर्बसम्मको योजना प्रधानमन्त्रीको अधिनमा रहने निर्णय गरिएको पनि त्यही हो । कसरी राष्ट्रको धनमा दोहन गर्ने भन्ने नै रहेन । जब सरकार जनताको तत्कालिन आवश्यकता पूर्ति गर्न तयार छैन भने नेकपाको विभागहरूको संयोजक, सहसंयोजक को नाम किटानी गर्दैमा पार्टीको सिद्धान्त, आदर्शबाट खुस्किएको नट बल्टु कसिने होइन । कम्युनिष्ट पार्टीले उत्पादनसँग कार्यकर्ता र जनतालाई जोड्ने कार्यक्रम घनिभूत रुपमा लिनुपथ्र्यो । स्कुल विभागले के सिकाउँछ ?

हिजो एमालेको स्कुल विभागले कार्यकर्तालाई आर्थिक रुपमा बलियो बनाउने शक्तिशाली नेता निकटका गुटवरपरकालाई एनजीओ र आईएनजीओहरूको सेवक बनाएकै हो । अहिले पनि त्यस्तो धन्दा कम्युनिष्ट पार्टीका कार्यकर्तालाई विदेशी डलरमा आश्रित गराएको कारण त्यहाँ दर्शन, आदर्श र सिद्धान्तको खडेरीनै लागेको छ । यस्तै यस्तै कारणले नेकपा मसाल र क्रान्तिकारी माओवादीका मोहनविक्रम सिंह, मोहन वैद्यले भनेका छन्, नेकपालाई कम्युनिष्ट पार्टीका रुपमा मान्न सकिँदैन । उनीहरूले जे भन्छन् प्रचण्ड र ओलीले वर्तमान सत्तालाई प्रगतिशिल बनाउन सकेको भए ठूलो कुरा थियो । तर यहाँ कुरा पावरको आयो । पार्टी र सरकार एउटैको नेतृत्वमा छ ।

कार्यकर्तामा निराशा बढ्ने थिएन । ईश्वर पोखरेलले स्कुल विभाग पाएर वामदेवले संगठन प्रमुख भएर झलनाथले नीति तथा अनुसन्धान विभाग प्रमुख भएर स्वार्थगत निशानमा जमेका ऐजेरु नेकपाबाट हट्छ भन्ने विश्वास गर्न सकिँदैन । पूर्व एमालेले आफ्नो भागमा पाएको विभागमा जसको जे क्षमता छ उसलाई खटाउँथ्यो । त्यहाँ नारायणकाजी बाधक बनेर स्कुल विभागको के के न नयाँ रुप दिने झैं गर्ने पर्दैनथ्यो । कुरो वर्तमान सरकारको असफल कार्ययोजनामा केन्द्रीत हुनु पथ्र्यो । मेलम्चीका ठेकेदार किन खेदियो ? ९६ प्रतिशत काम सफल भएको मेलम्ची २ वर्षसम्म नआउने बनाउने को थिए ? कम्युनिष्ट पार्टीको ध्यान त्यता गएन । किनकि अहिले नेताहरूलाई फेरि फेरि लुट्न पाइँदैन बेला यही हो भन्ने छ ।

प्रधानमन्त्रीले नै यस्तो लुटतन्त्रको नेतृत्व गर्दै ब्रम्हलुट चम्काउँदा अख्तियारमा पर्न सक्ने मन्त्रीहरूको बचाउ गरिदिएका छन् । अब पार्टीको एकल स्वाभित्व प्रचण्डलाई सुम्पदा आफू पुङ न पुच्छर हुन्छु कि भन्ने शंका पनि ओलीको जानुपर्छ । किनकि उनले वामदेवलाई उपाध्यक्ष समेत बनाएका छन् । ओली प्रम, प्रचण्ड अध्यक्ष, वामदेव उपाध्यक्षको कमाण्ड राम्रै हो । हिजो वामदेवले जोरी खोज्लान् भनेर बर्दियाबाटै चुनाव हराएको ओली गुटले नै हो । वामदेवले हिजो पार्टी महाधिवेशनमा माधव नेपालविरुद्ध जसरी डुक्रिए त्यसको फल पनि खाए ।

ओलीले आफूसँग मतभेद राख्नेलाई कहाँ कसरी कतिबेला खाडलमा पुर्छन भन्ने हेक्का भएकै कारण ईश्वर पारखेल बरु ओलीको उत्तराधिकारी बन्छु अर्का अध्यक्ष प्रचण्डसँग सिंगौरी नै खेल्छु भनेर भन्नु नभन्नु भनेकै हुन् उनी प्रचण्डप्रति छुद्र भएको राजनीति बुझ्नेले बुझ्छन् । तर वामदेवले बुझेनन् । पोखरेल पूर्व माओवादीप्रति जसरी चुनाव जितेपछि दुष्टता प्रदर्शन गर्दैछन् । पार्टी एक भएको यो अवधिमा नेताहरूकै मन मिलेको छैन । उनीहरूले कामको सिलसिलामा कुन गुट क–कसको सिफारिश भनेर सोधीखोजी गरेको सिंहदरबार छिरेर मन्त्रालय चहारेका कार्यकर्ताहरू बताउँछन् । यही स्थिति रह्यो भने अबको चुनावमा नेकपा नै भन्नु पो के छ र ? काँग्रेसभन्दा फरक नेकपाको वर्तमान नेतृत्व र मन्त्रीहरू छैनन् ।