Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसका उत्ताउला चम्कन थाले 

काठमाण्डौ । उखान छ, उत्ताउलो कुकुर संसाझै भुक्छ भलादमी कुकुर पाहुना आउँदा लुक्छ । यो सन्दर्भ नेपाली काँग्रेसको कोइराला परिवारमा लागू हुन्छ । जसले संगठन बनाउने आफु निर्वाचित क्षेत्र जिल्ला र समग्र देशको अवस्थाका वारेमा कहिल्यै चासो लिएन् । पार्टीको महामन्त्री भएका बेला संगठन चलाउन नीति नियम बनाउने हैसियत राखेन् । शेरवहादुर देउवाले डा. शशाँक कोइरालाबाट रजिष्टर समाएर काम गर्न सक्ने ढंग देखेको भए पूर्णबहादुर खडकाबाट काम लिनु पर्ने थिएन् । शुशिल कोइराला सभापति हुँदा कार्यकर्ताले प्रकाशमानलाई महामन्त्री बनाए । उनबाट काम चल्ने थिएन शुशिलले कृष्ण सिटौलालाई महामन्त्री मनोनीत गरेका थिए । पिताको इज्जत बचाउन सक्ने हैसीयतमा यी पूत्रहरू भएका थिए भने काम गराउन मनोनीत महामन्त्री नियुक्त गर्नु पर्दैनथ्यो । अहिलेका दूवै महामन्त्री सबै कुरामा कमाण्ड छन् । तर शेरवहादुर देउवाले यी युवाको जोडीलाई मन पराएका छैनन् । काँग्रेसको महाधिवेशन अगाडिका दिन ३ वर्ष बाँकी छन् । शशांक कोईराला डा. शेखरलाई बाटो छेक्दैछन् । आफ्नै परिवारमा दाजू भाई र दिदीकाबीचमा एक नभएको कोइराला वंशले वीपिको नाम बेचेर सधैं पार्टीको नेतृत्व लिने दाउमा छ । मौका पाउँदा जनता र राष्ट्रको हितमा सिन्को नभाँच्ने कार्यकताबाट सधै आश राख्ने लम्पटहरू त्यहाँ छन् । सुजाता, प्रकाशमान, विमलेन्द्र निधि वावुको वैशाखी टेकेर पार्टीमा अगाडि बढेका हुन् । उनीहरू मन्त्री भएर जनतालाई के उपहार दिए ? सुजाताले नेपाली पासपोर्ट ज्वाईं रुवेल चौधरी मार्फत वेचाइन, टेलिकमलाई ध्वस्त बनाउन कल वाईपासको खेती गरिन, विमलेन्द्रले भारतलाई फाष्ट ट्य्राक सुम्पेर नेपालले नै वार्षिक अर्वभन्दा वढी भारतीय कम्पनीलाई तिर्नु पर्ने नियम वनाए । समयले फाष्ट ट्य्राक नेपाली सेनाले पायो । यस्ता नेता पालेर त्यो काँग्रेसले रोजगारी खोस्दा अहिले १४ लाख भन्दा वढी युवा खाडीमा जान बाध्य छन् । यहाँ प्रकाशमानको भन्दा उनकी बहिनी रिता सिंहको पौरख बढी भयो । जसले वालमन्दीरको जमीन अग्रवाल समूहलाई दिएर पैसा खाइन् । आखिर नेताका पूत्र पूत्रीको पौरखमा देश कंगाल बनाइएको यस्ता घटना काँग्रेसमा पनि छन् । डा. शेखर १५ औं महाधिवेशनको पहिलो उम्मेदवार हुन् । जसले ७७ जिल्ला घुमेको छ र हिजो देउवा गुट र कोइराला गुट भनेर विभाजीत नेता कार्यकर्ता भेटेको छ । पार्टीलाई प्रथम पक्ष वनाएर राजनीति गरेको छ । अहिले पनि उनको टीमबाट महामन्त्री सहमहामन्त्री निर्वाचित छन् । मात्र समस्या गगन थापाको हो । जो आर्थिक रूपमा बाख्रेकाजीको नाममा जोडिएको छ । प्रधानमन्त्रीको उम्मेदवार भनेको छ आफ्नै निर्वाचन क्षेत्र कपनका जनताको पिडामा मलम लगाउन सक्ने क्षमता राख्दैनन् । उल्का र केतु ग्रह मिलेपछि राहु र संकटाले ठाउँ पाउँदैनन् । डा. शेखरका लागि डा. शशांक र सुजाता राहु र संकटा हुन् । यीनै सुजाता प्रकाशमानको टीममा उपसभापति उम्मेदवार बनेर कति मत ल्याइन ? यस्ता ऐरे गैरेबाट डा. शेखरको जाहाज रोकिनु हुन्न संकट बाख्रेकाजी हुन् ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल