Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसको केन्द्रमै सहमतिको खोजी

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुबीच नै सहमति खोजिने भएको छ । उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्रीद्धय कृष्ण सिटौला र प्रकाशमान सिंहसँग सोमबार बिहान छलफल गरेका थिए । पार्टी कार्यालय सानेपामा भएको छलफल महाधिवेशनलाई कसरी निश्पक्ष बनाउने भन्नेमा केन्द्रित भए पनि कुनै सहमति नभएको बैठकमा सहभागी नेता सिटौलाले जानकारी दिए ।
अब शीर्ष तहमा सहमति खोजिने भन्दै उनले भने, अब सभापतिले रामचन्द्र पौडेलजीसँग सल्लाह गरेर बोलाउनु हुन्छ होला । पौडेल स्वास्थ्य उपचारका लागि भन्दै हालै भारत भ्रमणमा गएका थिए । त्यसक्रममा उनले भारतीय जनता पार्टीका नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग पनि भेट गरेका थिए । बरिष्ठ नेता पौडेल भारतमा हुँदा पनि निधि, सिटौला र सिंहबीच कुराकानी भएको थियो ।
पार्टी सभापति देउवाले २०७७ फागुन ७ लाई कायम राखेर महाधिवेशनको अन्य कार्यतालिका हेरफेर गर्न तयार रहेको बताएका छन् । पौडेल र सिटौला समूहको बहिस्कारका बीच पुस ११ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औं महाधिवेशनको मिति तय गरेको थियो ।
पौडेल र सिटौला समूहले भने विधानका विभिन्न धाराहरु निलम्बन गरेकाले महाधिवेशन निश्पक्ष हुनेमा नै शंका गरेका छन् । ‘विधानका विभिन्न धाराहरु निलम्बन गरिएको छ, त्यसलाई हटाउने र क्रियाशील सदस्यता छानबिनका लागि छुट्टै समिति बनाउन कुरा भइरहेको छ । तर सहमति जुटेको छैन ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल