Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसको महाधिवेशन मंसिरमा

काठमाडौ । काँग्रेसको चौधौं महाधिवेशनको मिति अन्ततः ५ महिनापछि सर्ने भउको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन मंसिरमा गर्न प्रस्ताव गरेका छन् । बुधबार अबेरसम्म देउवा निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताको बैठकमा देउवासहित संस्थापन पक्षका नेताहरू कोजाग्रत पूर्णिमालगत्तै वडा अधिवेशन शुरू गर्ने र मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने पार्टीको संवैधानिक हैसियतमा प्रश्न उठ्ने भन्दै भदौ २३ अगाडि नै तल्लो तहको अधिवेशन शुरू गरेर ढिलोमा असोज पहिलो साता महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान लिएका छन् । दुवै पक्षले अडान यथावत राखेपछि भोलि बैठकमै छलफल गर्ने भन्दै आजको बैठक टुंगिएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबार २ बजे बूढानीलकण्ठमा बस्दैछ । बैठकअघि नै सहमतिका लागि शीर्ष नेताबीच थप छलफल हुने बताइएको छ । भदौमा महाधिवेशन नहुने निश्चित भएको र सार्नुपर्नेमा दुवै पक्ष तयार भए पनि नयाँ मितिबारे सहमति नजुटेको हो । बैठकमा संस्थापन पक्षका नेताहरूले कोरोनाका कारण लकडाउन गर्न दबाब बढेका बेला सत्ताको नेतृत्व गरेकै पार्टीले महाधिवेशन गर्न खोज्नु उचित नहुने बताएका थिए । पौडेलले भने संवैधानिक प्रश्न देखापरेको र न्यायालयले धेरै राजनीतिक विषय समाधन गरिरहेकोले कांग्रेसको वैधानिकता आफैंले जोगाउनुपर्नेमा जोड दिएका थिए । बैठकमा सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत तथा नेताहरू डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल