Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। १४औं महाधिवेशनको मिति नजिकिएसँगै काँग्रेस सभापतिको आकांक्षी दर्जन बढी पुगिसकेका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा प्रभावशाली नेताहरुबीच शक्तिबाँडफाँडसहित समिकरण बन्ने सम्भावना बढ्दै गएको छ । सभापतिका आकांक्षी धेरै भएकाले कुनै एक नेताको एकल वर्चश्व देखिदैन । विगतमा गिरिजाप्रसाद कोइरालाको एकल प्रभाव हुँदा कसैले पनि सभापतिमा उनलाई कडा चुनौती दिन सक्दैनथिए । अहिले काँग्रेसभित्र कुनै एक नेताको बहुमत छैन । त्यसकारण सभापति जित्न अन्य प्रभावशाली नेतासँग शक्ति बाँडफाँडविना सम्भव छैन । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा व्यक्तिगत रुपमा सबैभन्दा बलियो छन् । तर, उनको एकल बहुमत देखिदैन । देउवा सभापति जित्न वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलामध्ये कम्तिमा एक नेतालाई आफ्नो पक्षमा तान्न खोजिरहेका छन् । देउवाले कोइराला, सिंह या सिटौलामध्ये एकलाई तान्ने निश्चितप्रायः छ । तीनैजना सभापतिका दाबेदार हुन् । कोइरालाले देउवालाई हराउन इतर समूहबाट साझा उम्मेदवारको प्रस्ताव गरेका छन् । तर, उनले पौडेल वा सिंहले देउवालाई हराउन नसक्ने सार्वजनिक रुपमा बताएका छन् ।
सिंहले सार्वजनिक रुपमै देउवा र पौडेलबाट पार्टी चल्न नसक्ने बताएका छन् । महामन्त्री कोइरालाको क्षमतामाथि समेत प्रश्न गरेका छन् । यसबाट उनी पछि हट्ने सम्भावना तत्काल देखिदैन । सिटौलाले भने देउवालाई साथ दिने सम्भावना रहन्छ । सशांक कोइरालाले अन्तिम अवस्थामा शेखर कोइरालालाई साथ दिने सम्भावना पनि छ । तर, कोइराला परिवारभित्रै एकता देखिदैन । सुजाता कोइराला सशांक र शेखर दुवैसँग चिढिएकी छिन् । देउवाले विजयकुमार गच्छेदारको साथ पाउने आशा राखेका छन् । तर, गच्छेदारले वचन दिएका छैनन् । उपसभापति विमलेन्द्र निधिको सभापतिमा दाबी छ । उनले देउवालाई साथ नदिने सम्भावना बढेर गएको छ ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल