Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संसदको ठूलो दल नेपाली कााग्रेस आफ्नै पार्टीको १५औं महाविधेशनको मिति र समयको निर्णय गर्न नसक्ने अवस्थामा पुग्यो । त्यो काँग्रेसका सभापतिले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएर सिंगापुर उडे । स्वास्थ्य परीक्षण गरेर फर्के पनि मौखिक कार्यवाहक सभापतिले विषयगत मुद्दा टुगोमा पु¥याउन नसक्नुले उनको कार्यक्षमतामै प्रश्न उठ्दैछ । पूर्णबहादुर खड्कालाई ५४ प्रतिश महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको पत्र बुझ्न पनि सकस भयो । सभापति देउवाले सिंगापुरबाटै दबाव दिएर केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशनको निर्णय गर्न दिएनन् । देउवा स्वदेश फर्केपछि पनि गुटगत भेटघाट गरे पनि महाधिवेशन चुनाव अधि कि पछि भन्ने निक्र्योल गर्न नसकेर चुनावमा जाने निर्णय गर्दै बैठक स्थगित भएको छ । काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफ्नो समूहभित्रकै ठानेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूको पनि चाला राम्रो छैन । मौकाको फाइदा लिएर महामन्त्री बन्न उनीहरू सफल भए । तर पार्टीले नेतृत्वमा उनीहरू असफल भए । पार्टीले आफ्नै विभागहरूलाई पूर्णता दिएको छैन । सभापति केन्द्रीत पार्टीको विधानले विभागका प्रमुख नियुक्ति केन्द्रीय समितिले सिफारिश गर्ने सभापतिले त्यही सिफारिशलाई आधार मान्नु पर्ने व्यवस्था छ । विभागका सदस्यहरू पनि सहभागीका आधारमा नियुक्ति गर्ने सभापतिले गर्ने केन्द्रीय सदस्यहरूको मनोनित पनि अधुरै हुनुले संगठन हेर्ने महामन्त्री गगन थापाले हाँकेका काँग्रेस कस्तो हो । नीतिगत निर्माणमा विश्वप्रकाश शर्मा पनि सफल भएनन् ।
महामन्त्रीको चुनाव जित्दा शर्मा प्रकाशमान सिंह समूहका, गगन शेखरकोइराला समूहका थिए । तर गगनले उल्का देखाए । सभापतिसँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेर आफ्नै टिमका ३५ जना सांसदको भोट पनि उनले नपाउनुले टीमकै अविश्वास किन भयो ? भन्ने तर्फ गगन कहिल्यै लागेनन् । गगनले जेनजी पुस्ताको आन्दोलनको उथलपुथलपछि माफि मागेर जनताको मन जित्ने प्रयास गरेका छन् । उनले संसदको दुई ठूला दलको सरकारका विवादित मन्त्री हटाएर विवादरहित अनुहारलाई मन्त्री बनाउन सभपातिलाई सुझाव दिँदा सुनुवाई नै भएन पनि भने । काँग्रेसबाट मन्त्री छनोट गर्दा सभापति देउवाले आफ्ना ३ जना, डा शेखरका २, डा. शशांकका १, राष्ट्रपतिका १, कृष्ण सिटौलाका १ गरी प्रकाशमान सिंहलाई उनको समूहबाट सरकारको नेतृत्व पार्टीको तर्फबाट गर्न खटाएका हुन् । तर बढी विवादित त डा. आरजु राणा, परराष्ट्र, दीपक खड्का, ऊर्जा र कानुनमन्त्री अजय चौरसिया अत्यन्त विवादमा थिए । प्रकाशमानले त बाबु आमाको नाममा करोडौं राष्ट्रिय बजेट छुट्याएर तरुण दल र नेविसंघको लागि घर बनाउन तयार हुँदा आफ्नै चरित्र देखाए । प्रधानमन्त्री स्वयंले नीतिगत रूपमा ख्याल नगर्ने भएकाले तत्कालिन सरकारको बढी विरोध भयो । काँग्रेसकै कारण पनि एमालेले उद्योग, बाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीको जागिर जोगियो । एमााले काँग्रेसको संयुक्त सरकारको देश बनाउने मौखिक हुटहुटी केबल माफिया र दलाली करणकेन्द्रीत भएको कुरा आज पनि चर्चामा छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल