Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसमा देउवाकै पल्लाभारी

काठमाण्डौ । नेपाली काँग्रेसको १४औं महाधिवेनको मिति नजिकिँदै जाँदा सभापतिका आकाक्षी दर्जन पुगेका छन् । यतिखेर काँग्रेसको क्रियाशील सदस्यता छानविन समिति गौशालामा भारतले बनाइदिएको धर्मशालामा बसेर फाइल खोतल्दैछ । दशलाख क्रियाशील सदस्य बनाउने घोषणा गरेको काँग्रेसले ८ लाख २० हजार क्रियाशील सदस्य सूचीकृत गरेको छ । १४औ महाधिवेशनको पूर्ण तयारीको विषय क्रियाशील सदस्यतासँग जोडिन्छ । महाधिवेशन लागेपछि कार्यकर्ता खोज्ने अघिपछि कार्यकर्ता नचिन्ने रामचन्द्रहरुलाई अहिले छट्पटि भएको छ । पौडेललाई सघाउने प्रकाशमान सिहं आफंै सभापतिमा प्रतिस्पर्धा गर्ने देउवाले उचालेर ठाँउमा पु¥याएका विमलेन्द्र निधि पनि सभापतिको उम्मेद्वार बन्ने रहर पूरा गर्ने योजनामा छन् । देउवाका अगाडि यिनीहरुको उपस्थिति कमजोर छ । रामचन्द्रकै हालत ध्वस्त छ । महामन्त्रीमै असक्षम सावित भएका डा. शशांक कोइरालाको हालत सुदृढ छ भन्ने ठाउँ छैन । किनकि महामन्त्री पदको हैसियतले कार्यालयका योजनाहरु बनाउने काम पूर्णबहादुर खड्काले गरिरहेका छन् ।
पार्टीलाई पूरानै स्थानमा ल्याउने, ठूलो पार्टीको रुपमा सरकार चलाउने, संघियता, गणतन्त्र, समावेशीताको एजेण्डा लागू गर्ने जस्ता कुरामा शेरबहादुर देउवाको अडान छ । नीति प्रधान नहुने, नेता प्रधान हुने नेपालका राजनीतिक दलहरुको चरित्र छ । सत्ता सर्वाेपरीतामा सबै एक छन् । नेपाली काँग्रेस आफैं कमजोर प्रतिपक्षी हो । बहुमतको शासन टीकाउन नसक्दा नेकपा एमालेका अध्यक्ष एवं प्रम केपी ओली आफ्नै घमण्डले अल्पमतमा परेका छन् । पार्टीमा नेता प्रधान हुँदा कस्तो असर पर्छ त्यो सभापति देउवाले बुझ्नु जरुरी छ । पार्टीमा व्यक्ति केही होइन नीति प्रमुख हो । क्रियाशील सदस्यता आफंंैमा सबै होइन । तर चुनाव जित्न त्यसको आवश्यकता पर्छ । संस्थापन पक्ष आफंैमा दरिलो हुन्छ नै । ८ लाख २० हजार क्रियाशील सदस्य पार्टी केन्द्रमा आएका छन् । जहाँ विवाद छ त्यहाँको फर्म आउँदा र छुटेको सदस्यको नविकरण गर्दा काँग्रेसमा दश लाख क्रियाशील सदस्य हुनु नौलो होइन । घोषणा पहिले नै भएकाले सदस्यतामा रुची बढ्नु स्वाभाविक हो ।
देउवाभित्रका विमलेन्द्र भड्किँदा रामचन्द्र र डा. शशाङ्कहरु फुर्किनु पर्दैन । युवा शक्तिलाई साथ लिएर देउवाले आफ्नो दोस्रो कार्यकालमा एक महामन्त्री र केही युवालाई पदाधिकारी बनाइदिए भने पार्टी नेतृत्वमा युवा पक्ति समावेश गरायो भन्ने सन्देश जान्छ । बालकृष्ण खाँड, डा. प्रकाश शरण महत, चन्द्र भण्डारी, शंकर भण्डारीको टीम देउवासँगै छ । गोविन्द भट्टराई, धनराज गुरुङ, विश्वप्रकाश शर्मा देउवा तिरै छन् । गगन थापा महामन्त्रीको दावेदार हुँदा कार्यकर्ताले ४ वर्ष अगाडि पत्याएनन् । यस पटक पार्टी हाँक्न गगनहरुको आवश्यकता देखियो । यो सत्य बुझेर शेरबहादुरबाट युवा पंक्तिलाई हात लिनै पर्छ । आश गर्ने मिनेन्द्र रिजालहरुको कित्ता फरक हो । उनी कृष्ण सिटौलाको कोटाबाट सञ्चारमन्त्री त भए तर क्षमता प्रदर्शन गर्न सकेनन् । रिजालपछि सञ्चारमन्त्री भएका मोहन बस्नेत पनि औठाछापहरुको घेराबन्दीमा पर्दा सफल भएनन् । पार्टी सभापतिको तहबाट शेरबहादुर देउवाले सबैको साथ लिनु पनि पर्छ । कैलाली, सुनसरी बारा, सिराहा, सिन्धुपाल्चोक विवादमा छन् । प्रदेश २ विवाद रहित छैन । डा. मिनेन्द्र रिजाल, गगन थापा सघाउनेमा छन् भने रमेश लेखक, श्याम घिमिरे, जीवन परियार, प्रदिप पौडेल, आनन्द ढुङ्गाना, कल्याण गुरुङको टीम छानवीन समिति हो । सप्तरी, वारा, बर्दिया, सिन्धुपाल्चोकको विवाद टुंगिनासाथ १० लाख क्रियाशील सदस्य बन्नु नौलो होइन । यो विवाद राप्रपा, एमाले, जसपा, अखण्ड नेपालबाट काँग्रेस बनेकाहरुलाई सदस्यता दिलाउनेमा हो । रामचन्द्रहरुको छटपटी पूराना ३ लाख ९० हजारले मात्र नविकरण गर्नु हो । किनकी तेह्रौ महाधिवेशना ४ लाख ७० हजार क्रियाशील सदस्य थिए । देउवालाई घेर्न डा. शशाङ्क कोइरालाले रामचन्द्रको साथ लिनु भनेको उनको महामन्त्री पदको गरिमा भुल्नु हो । महामन्त्री भनेको पार्टीको संगठन प्रमुख हो । डा. शशाङ्कले सिन्को भाँचेनन् । तर काम पूर्ण बहादुर खड्काबाट लिनु पर्ने बाध्यता देउवालाई भयो । यहाँ कोइराला परिवारकै डा. शेखर कोइराला देशैभरि घुमेको नाताले सभापतिको उम्मेदवार बन्ने हल्ला चलेको छ । तर उनी कार्यकर्ताका निम्ति जिल्ला भ्रमणमा जाँदा जति सहज हुन्छन् राजधानी छिरेपछि क्रियाशील सदस्यहरुले समेत भेट्न मुस्किल पर्ने गरेको भुक्तभोगीहरु बताउँछन् । कोइराला परिवारकै विरासत धान्ने नाममा विदेशी लोग्ने छाडेर नेपाल छिरेकी अहिले आफ्नो राजनीतिक छवि बिग्रेपछि जायजेथो बेचेर नेपालबाट खेदिएका ज्वाइँ रुबेल चौधरीको शरणमा पर्ने तयारी गर्दैछिन् । उनले पनि जाँदाजादै ऐतिहासिक पहिलो महिला सभापतिको दाबेदारी प्रस्तुत गरिरहेकी छिन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल