Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली काँग्रेसभित्र विधान एउटै, संसदीय दल एउटै तर अनुहार फरक प्रवृत्तिका चरित्रहरू सार्वजनिक रूपमा फैलिएका छन् । जसले पार्टीको विधानले व्यवस्था गरेको कानुनी पूर्वाधारलाई चासो दिएन त्यसैले विषेश महाधिवेशनको परिणामलाई अस्वीकार गर्दै आफ्नै योजनामा मुलुक चले जसरी निर्णयहरू सार्वजनिक गरिरहेको छ । पूर्व कार्यवाहक सभापतिको नाताले पूर्णबहादुर खड्काले आयोजना गरेको बैठकमा त्यस्ता अनुहारहरू देखिए जो हिजो शेरबहादुर देउवाको विकल्पका उम्मेदवारका रुमपा पार्टीमा खडा भएका थिए । टिकट लिने, चुनाव हार्ने तर समय आएपछि विशेष महाधिवेशनले स्थापित गरेको नेतृत्वका विरुद्ध गठबन्धन गर्नेहरू अब काँग्रेसभित्र कसरी टिक्छन् त्यो हेर्नु पर्ने भएको छ । पार्टीको नीति र सिद्धान्त भन्दा व्यवहारलाई बेवास्ता गर्नेहरू आज काँग्रेसभित्र पनि किनारा लागिरहेका छन् । विशेष महाविधेशनले स्थापित गरेको नेतृत्वले असाजको दोस्र्रो हप्ताबाट पन्ध्रौ महाधिवेशन गर्ने गरी क्यालेन्डर तयार पार्दा पनि उनीहरूलाई चित्त बुझिरहेको छैन । जबकि तिनैका लागि लगानी गर्नेहरू धमाधम छानविनको दायरामा परिरहेका छन् । काँग्रेसभित्र जसरी भ्रष्टाचारका कुरा उठ्छन् त्यसैगरी कानुनी रूपमा हुने छानविनलाई महत्व दिइँदैन । अहिले नेपाली काँग्रेस प्रमुख प्रतिपक्षीको रूपमा रहे पनि पार्टीका नेता रमेश लेखमाथिको कारबाहीलाई लिएर पूर्णबहादुर खड्का र गगन थापा पक्षको फरक विज्ञप्ति आउनु भनेको त्यो पार्टी क्रमशः नेपाली जनताबाट टाढिँदै जानु हो । यो स्थिति नेकपा एमालेमा पनि शुरु नहोला भन्न सकिँदैन । किनकि त्यहाँ महिलामाथि अभद्र व्यवहार गर्ने महेश बस्नेतको खोजी प्रशासनले गरिरहेको छ भ ने मुगु जिल्लाका पूर्व अध्यक्ष कर्णबहादुर मल्ल पक्राउ परिसकेका छन् । यहीक्रम बझाङ जिल्लाबाट निर्वाचित सांसद ऐन महरप्रति पनि जारी छ । पार्टीका महिला कार्यकर्ताहरूमाथि हुने प्रहारलाई यतिखेर राजनीतिक तहमा खोतल्ने अवस्था सिर्जना हुँदैछ । शोभा पाठक सडकमा उत्रिनु यहाँ नौलो होइन । एमालेभित्र यस्ता धेरै छन् । नेपाली काँग्रेसले आफ्नो सहयात्री दल भएको नाताले यो विषयमा चासो नराखी आफैंभित्रको प्रतिस्पर्धामा भिड्नु कुनै बहादुरी होइन । त्यसो त अहिलेको अवस्थामा संसदको ठूलो शक्तिबाट निर्मित सरकारले पार्टीका विवादास्पद नेता रमेश लेखकलाई पक्राउ गरेपछि एक जुट हुनुपर्ने ठाउँमा विभाजित भएको छ । त्यो विभाजनले काँग्रेसको प्रवृत्ति र वर्तमान स्थिति देखिँदैछ त्यही कारण पनि नेपाली काँग्रेस र नेकपा एमालेले बढी अहंकार प्रदर्शन गर्न हुँदैन ।
विभाजनको रेखा कार्दे देउवा पक्ष
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारीमा रहेका खड्काले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् । उनीनिकट स्रोतले जिल्ला सभापतिहरूको भेला १९ चैतमा गरिने तय भएको जानकारी दिए । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक पनि बेलाएका छन् । बैठक दुई दिनसम्म चल्ने तत्कालीन एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । ती नेताका अनुसार बैठकमा विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ । गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनमा कोशी प्रदेश सभापति उद्दव थापा, मधेश प्रदेश सभापति कृष्ण यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर सहभागी भएका थिएनन् । उनीहरू मध्ये थापा, यादव र बानियाँ प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए ।
समानान्तर गतिविधि
नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर पक्षले सोमबार बधाई कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेताहरू आउने क्रम जारी रहेको छ । समूहले केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ । मंगलबार महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान भएको निवर्तमान केन्द्रीय कार्यसमितिकी सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् । निवर्तमान कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई टेलिफोन गरेर बैठक आह्वान गरिएकोले सहभागी हुन भन्दै जानकारी दिइरहेका केन्द्रीय सदस्यहरूले बताएका छन् । बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिटबारे छलफल हुनेछ । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ । गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा–शेखर समूहले समानान्तर गतिविधि सुरु गरेको हो । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर खड्काले समानान्तर गतिविधि सुरु गरेका थिए ।
लेखकको पक्षमा आएन आदेश
सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै हालिएको बन्दी प्रत्यक्षीकरणको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेसँगै लेखक तत्काल रिहा हुने सम्भावना कमजोर भएको छ । पत्नी यशोदाले दायर गरेको रिटमा सरकारका नाममा कारण देखाऊ आदेश मात्रै आएसँगै लेखक काठमाडौं जिल्ला आदालतको आइतबारको आदेशअनुसार अब पाँच दिन हिरासतमा रहनेछन । लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । यशोदाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारसमेतलाई विपक्षी बनाउँदै आइतबार निवेदन हालेकी थिइन् ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल