Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसले देखायो अहङ्कारी रूप

काठमाडाैं । सत्ता काँग्रेसले पाउँदा सबै ठिक तर निर्वाचनमा भागवण्डा गर्दा बेठिक धतुरे तर्कले नेपाली राजनीतिको गठबन्धन चरित्र कति घृणाजन्य छ त्यो छर्लङ्ग हुन्छ । स्वार्थका लागि काँग्रेसले नेकपाका दुई घटक माओवादी र समाजवादी सरकारमा सहभागी गराउनु पर्ने वातावरण बनेका बेला स्थानीय र प्रदेश मात्र होइन संघीय चुनावमा समेत तालमेल गर्ने प्रस्ताव राख्ने नेपाली काँग्रेस हो । यस पटक माओवादीले विवेक पु¥याएको छैन । सीमित नेताको सत्ता स्वार्थलाई ध्यान दिइएको अवस्थामा माओवादीका विचार र कार्यक्रम कता हराए सोध्ने ठाउँ कार्यकर्ताले पाउँदैन । नेताका स्वार्थका मन्त्री राजनैतिक नियुक्ति जस्ता विषयले माओवादी भई टोपलेकाहरूलाई लाज भएन । आफूले पाए सबैठिक नपाउँदा विद्रोह र धम्की दिने स्वार्थ तत्वहरू माओवादीमा धेरै छन् । विचार र सिद्धान्तको खडेरी लागेको बेला स्थानीय चुनावमा पदीय भागवण्डा गर्दा देखिएको काँग्रेसी आक्रोशले जनतालाई घृणा जगाएको छ । जनता महंगीमा पुरिएको छ । कालो बजारले जताततै ग्रस्त बनाएको छ । भ्रष्टाचारका लागि मन्त्री नै तयार छन् । कमिशन खाने र खुवाउने समूह सक्रिय छ ।
माओवादी सत्तामा छ । पार्टी सत्तामा भएको महसुस नत जनताले गर्छ नत कार्यकर्ताले गरेको छ । पदीय झगडा र लुछाचुँडीमै रमाएर ठूलो पार्टी भएपनि विचार र सिद्धान्त खाएको शक्ति नेपाली काँग्रेसभित्र सबै ठाउँमा आफैं लिने माओवादी समाजवादीबीचको तालमेलको इज्जत नराख्ने भए किन काँग्रेस बोक्नुप¥यो ? भ्रष्टाचार र बेथितिको जडको रूपमा काँग्रेस परिचित छ । विकास योजनाहरूको संरक्षण नगर्ने त्यो जमातले स्थानीय चुनावमा कसरी जनताको सेवा गर्छ ? जनताले काँग्रेससँग प्रश्न गर्नैपर्ने भएकोछ । सभापति देउवाले पार्टीको निर्णय गर्नु अगाडि प्रदेश, क्षेत्र र जिल्ला समितिलाई पार्टीको तत्कालिन आवश्यकता र बाध्यतासम्बन्धी बहस चलाएन किन ? सबैतिर काँग्रेसलाई नै मेयर पद चाहिने भए सरकार गठबन्धन किन बनाइयो ?
माओवादी र समाजवादी लाचार भएकाले काँग्रेसले ठाउँ पाएको हो । काँग्रेसलाई सबै चाहिने भए किन सरकारमा टिक्न खोज्दैछ । विपक्षी एमालेले पनि राप्रपा नेपाल र परिवारदल जस्ता प्रतिगमनकारी तत्वको सहारा लिएको छ । आफूले गठबन्धन गर्दा उचित अरुले गर्दा अपवित्र हुने जबजको तर्क एमालेको छ । भ्रष्टाचार र नियन्त्रण र सुशासनका बारेमा दलहरू चुपचाप छन् । सरकार छ त्यो सरकारले जनताको निम्ति सिन्को भाँचेको छैन । देउवा सरकारबाट जनताको काम हुँदैन, भ्रष्टाचार नियन्त्रण काँग्रेसको योजना छैन । विकास पूर्वाधार रोकेर जनताले खानेपानीको हाहाकार सहेको बेला बागमती प्रदेश सरकारबाट आएको बजेटबाट बनेको खानेपानी योजनामाथि बारम्बार हमला गरेर समयमा काम सम्पन्न हुन नदिने काँग्रेस पनि छन् । त्यस्तैलाई चुनावमा पनि उम्मेदवार बनेका छन् । नेपाली काँग्रेसमा हन्तकाले बढेका छन् । निर्वाचित प्रत्येक दलको छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो । तर चुनाव जित्न र सत्ता कब्जाका लागि काँग्रेसले नै माओवादी र समाजवादीलाई गठबन्धनमा सरीक गराउँदा किन पार्टीमा सबैको चित्त बुझाएन ?
सभापति देउवालाई असहयोग गर्नकै लागि डा. शेखर कोइराला भारतीय शासक पक्षको उक्साहटमा लागेका छन् । भाजपाले नेकपा एमालेको ओलीपक्षलाई साथ दिएको छ । कम्युनिष्टको नाममा पतन भएको ओली पथले देश लुटेको पैसा चुनावको बेला हेलिकोप्टर चढेर रमाइलो गर्दा काँग्रेसभित्र उम्मेदवारको कलह चर्काइँदैछ । संगठन कसको छैन, युद्धमा काँग्रेसी कार्यकर्तालाई जासुस र गुप्तचर बनाएर खटाउने प्रहरी र सेना सञ्चालन गर्ने तत्कालिन नेतृत्वका नायक शेरबहादुर र रामचन्द्र पौडेल छँदैछन् । यिनको सत्ता जोगाउन गाउँ टोलमा गुप्तचरी गरेर जनयुद्ध पक्षधरको नाममा कम्युनिष्ट मास्दा काँग्र्रेस कार्यकर्ता मारिनु नौलो थिएन । दरबार र सेन सोत्तर भएको दरबार हत्याकाण्डमा काँग्रेस शासक थियो कि माओवादी ? माओवादीलाई गठबन्धनमा भोट नदिने काँग्रेसलाई माओवादीप्रति आस्था राख्नेले किन भोट दिन्छ ? गठबन्धन माओवादी र समाजवादीका लागि मात्र जरुरी थिएन । जहाँ संघीय र प्रादेशिक चुनाव पनि जोडिने गरेको छ । गठबन्धन नचाहने डा. शेखर हिजो जसरी पछारिए अबको चुनावम पछारिने बाटो खोजेका छन् । जसले सभापति पदमा चुनाव लड्दा आफ्नै भाइ बहिनीलाई टिमभित्र राख्न नसक्दा बल्याङ खाएको पीडा किन बुझ्न सकेनन् ? डा. सापको आली मोहले निम्त्याएको विवादलाई काँग्रेसले किन समिक्षा गरेन ?