Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसले भ्रष्टाचारीलाई नछाड्ने !

काठमाडौं । भ्रष्टाचारीको भकारी नेपाली काँग्रेस सुध्रने भएको छ । गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणलाई काँग्रेसले जसरी अड्डी लियो त्यसले काँग्रेस सपार्ने र आफ्नो पार्टीको भ्रष्टाचारकी कुलदेवी डा. आरजु राणासँग जोडिएका टेरामक्स प्रकरण, स्वास्थ्य उपकरण खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणको समेत छानविन गर्दै जाँदा महामन्त्री गगन थापाको बाख्रा काण्डसम्म पुग्न सहज हुने भएको छ । काँग्रेसलाई नेकपा एमालेले सिकाएको संसद अवरोधको पौरखी धन्दा थियो ।
संसदको बजेट अधिवेशनमा एमालेले त्यस्तो उत्पातको एजेन्डा ल्याएको थिएन । त्यतिबेला प्रधानमन्त्री एमालेसँगको गठबन्धन तोडेर काँग्रेससँग जोडिएको इस्यु थियो । काँग्रेसले अर्थमन्त्रीमा नालायक चरित्र पठायो, गृहमन्त्रीबाट नक्कली भुटानी शरणार्थीका नाममा नेकाँका बालकृष्ण खाँण, एमालेका टोपबहादुर रायमाझीहरू पक्राउ परेको बेला थियो । दोस्रो चरणको छानविनमा काँग्रेसकी कुलाइन डा. आरजु र मञ्जु खाँण पर्दा एमालेका राजेश्वर स्थापित, ब्रजेश शाक्य, अजय क्रान्ति जस्ता होनाहार पौरखीहरू कारबाहीमा नपरुन् भन्ने एमालेको धारणा हो । विपक्षीले सदन अवरोध गर्दा काँग्रेसका बोलक्कडहरू मुखमा बुझो लगाएर बसे । देउवा र आरजुको दबावमा काम गर्दै प्रहरी अधिकृतहरूको रातारात सरुवा भयो । काँग्रेसका लुटाहा समूहले त्यो व्यवहार प्रजातान्त्रिक नै ठान्यो । हिजो झण्डा हल्लाएर अख्तियारमा बयान दिन जाने कटने काजी चोखै छन् । तर कास्कीमा ठाडो उजुरी परेको भनेर प्रहरीका आईजीपी समेतकोल्टे फर्केर गृहमन्त्रीको प्रवक्ता भएका बेला काँग्रेस संसदीय छानविन समिति गठनको माग गर्दै थियो । काँग्रेसले संसदीय गरिमा बचाउन यो फण्डा गरेको होइन । हाजिर ग¥यो भत्ता हजम भएकै थियो । हिजो संसद अवरुद्ध गर्दा भत्ता नलिने घोषणा बरु रास्वपाको टोलीले ग¥यो एमालेले गरेन । आज काँग्रेसले संसदको बैठकलाई न्यायिक समितिको बन्धनमा पु¥याउनेकोशिस गर्दैछ । सांसदहरूको क्रियाशीलताले संसदको गरिमा बचाउनु पर्छ । तर एमाले र काँग्रेसले स्वार्थमा संसद अवरोध गरेका हुन् । अवरुद्ध संसद नचल्दा विधेयक अधिवेशनको औचित्य भएन । प्रहरी सेवा ऐन तथा नियमावली, कर्मचारी समायोजन ऐन, प्रदेशलाई हक हस्तान्तरण ऐन, शिक्षा ऐन जस्ता दुई दर्जन विधेयक संसदका विधेयक समितिमा थन्केका छन् । ओखलढुंगाका जिबी राई काँग्रेसका सांसद रामहरि खतिवडाका प्यारा दोस्ती हुन् । खतिवडाले राज्य व्यवस्था समितिका सभापतिको नाताले सदस्यहरूले बैठकमा उपस्थित हुन्छु भन्दौ तँ नआइज भन्न मिलेन भनेका छन् । तर गृहमन्त्रीलाई आफ्ना भनाई राख्न काँग्रेसले रोष्टम प्रयोग गर्न दिएको थिएन । संसद अवरोधले समस्या घट्दैन । काँग्रेसले प्रधानमन्त्रीको अफर गर्दा अटेरी गर्दै एमाले अध्यक्ष केपी ओलीको अफरमै अडिक भएको कारण गृहमन्त्री रवि लामिछानेमाथि प्रहार भएको हो । काँग्रेसले सार्वजनिक पद धारणा गरेका सबैको सम्पत्ति छानविन गर्नु पर्ने संकल्प प्रस्ताव दर्ता गरेको छ । व्यवस्था सुध्रे पनि अवस्था नसुध्रनुको कारण कसैले खोज्दैन । संघीय सरकार सचेत बनाउने दलहरूले हो । संसदले जनताको आवाज बोल्दैन बरु विनोद चौधरीले सरकारी जमिन कब्जा गरेकोमा पौरख ठान्छ । चौधरी समूहको लुटले देश चलायमान भएको छ । चौधरी समूह सबै दलको आम्दानी हो । सरकारी जमिन कब्जा गर्नु विनोद चौधरीको पैतृक हक भन्न बाँकी छ ।


सम्बन्धित समाचार