Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसले मुन्टो हल्ला जान्छ मन्त्रीको जागिर

काठमाडौं । मन्त्रीको कार्यसम्पादनमा चित्त नबुझाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसको इशारा पाउने बित्तिकै सरकारका मन्त्रीहरुको सेटै परिवर्तन गर्ने तयारी गरेका छन् । सत्ताको मुख्य घटक नेपाली कांग्रेसले निर्णय नगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्त्रिमण्डल हेरफेर गर्ने योजना पर धकेलिएको छ।
कार्यसम्पादन चित्तबुझ्दो नभएका मन्त्री हटाएर ‘गियर’ बदल्ने बताएका उनी अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको हरियो झन्डा कुरिरहेका छन्। मन्त्रीलाई राम्रोसँग काम गर्न प्रधानमन्त्री प्रचण्डले पुस पहिलो हप्ता एक महिनाको समय दिएका थिए, जुन पूरा भएको छ। मन्त्रीहरूको ‘रिपोर्ट’ हातमा लिएर राखेका प्रधानमन्त्रीले तत्काल हेरफेर गर्न भने नपाउने भएका छन्। अझै कम्तीमा एक महिना यसैगरी गुज्रिन सक्ने देखिएको छ। कांग्रेसले निर्णय नगरेकैले मन्त्रिमण्डल हेरफेर रोकिएको बालुवाटार स्रोतले जनाएको छ। कांग्रेसले राष्ट्रिय सभा चुनावसम्म पर्खनु भनेकाले चुनावपछि समीक्षा हुने र प्रधानमन्त्रीले मन्त्रीहरूको कार्यप्रगति गठबन्धन बैठकमा पनि राख्ने ती अधिकारीले बताए। राष्ट्रिय सभाको चुनाव माघ ११ गते हुँदै छ। गठबन्धन १९ सिटमै जित्ने योजनासहित खटिएको छ। प्रधानमन्त्रीसमक्ष प्रगति विवरण बुझाएका मन्त्रीहरूको चासो प्रधानमन्त्रीको आशय र भावभंगीमा केन्द्रित हुन थालेको छ। उनीहरूमध्ये कतिपय आफ्नो प्रगति सञ्चार माध्यममा देखाउन तल्लीन छन्। सञ्चार मन्त्री रेखा शर्मा र पर्यटनमन्त्री सुदन किरातीले पत्रकार सम्मेलन नै गरी एक वर्षको प्रगति विवरण सार्वजनिक गरिसकेका छन्। सामान्यतः मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार मानिन्छ। तर सत्ता गठबन्धनबाट प्रधानमन्त्री बनेकाले प्रचण्ड एक्लैले मन्त्री हटाउने निर्णय नगरेका हुन्। किनभने, एकल निर्णयका आधारमा मन्त्री फेरबदल गरेर उनी गठबन्धनमा समस्या ल्याउन चाहदैनन्। कांग्रेस सभापति देउवा पनि राष्ट्रिय सभा निर्वाचनअघि मन्त्री फेरेर उनीहरूलाई बिच्क्याउने पक्षमा छैनन्। कांग्रेसको आन्तरिक राजनीतिमा प्रभाव नपरोस् भन्नेमा उनी सचेत छन्। कांग्रेसमा नेता शेखर कोइराला समूहले देउवासँग असन्तुष्ट नेतालाई विश्वासमा लिएर संसदीय समितिमा बहुमत पु¥याउने योजनाअनुसार काम गरिरहेको विषयमा देउवा जानकार छन्।


सम्बन्धित समाचार