Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नेपाली कांग्रेसले ‘ह्वीप’ जारी गरेको छ। आइतबार संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो। कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो। यस्तै, आजैदेखि संसद् बैठकमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरिएको उनले बताए।
रास्वपा पनि दाहालको पक्षमा
राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ। रास्वपाको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो। रास्वपा यसअघि दाहाल नेतृत्वको सरकारबाट बाहिरिएपनि विश्वासको मत भने कायमै राख्ने निर्णय गरेको थियो। प्रधानमन्त्री दाहालले सोमबार दोस्रो पटक विश्वासको मत लिँदैछन्।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल