Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेस मुलुककै घाँडो बन्दै

काठमाण्डौ । भन्नका लागि प्रजातन्त्रबादी पार्टी भनेको छ व्यवहारमा तानाशाहाको रुप त्यहाँ छ । ओली मण्डलीका नीतिगत लुटको भाग त्यहाँ पुगेको छ । त्यही कारण काग्रेसको देउवा व्रान्चले संसदीय सर्वाेच्चताको भन्दा छिमेकी भारतको भरोसा खोज्दैछ ।
काँग्रेसकै कारण प्रदेश १ र वागमति प्रदेशमा मुख्यमन्त्री विरुद्धको अविस्वास प्रस्तावले ठाँउ पाएन अर्थात पारित हुने वा फेल निश्चित भएन । काँग्रेसका नालायकहरु मुलुकलाई अस्थिरतामा लैजान चाहान्छन् भन्ने कुरा प्रदेश १ र बागमति प्रदेशको जात्रा हो । आधुनिक किसानको नाउमा कृषि व्यापार आयोजनबाट करोडौ कुम्ल्याएका गगन थापाका कुरा सुन्न लायक छन् । उनी कुरा क्रान्तीकारी गर्छन् । तर देशको सरकार निर्माणमा देखिएको त्यो अन्यौल हटाउन काँग्रेसले साथ दिनु पर्छ सरकारमा जान हुदैन भन्न सके पनि निर्णायक भएनन् ।
काँग्रेसकै साथ नहँुदा बागमतिको संसदीय संरचना विवादमा छ । प्रदेश १ मा प्रधानमन्त्री केपि ओली भन्दा ठूला शेरधन राई मच्चिएका छन् । यीनले बालिका खड्का बलत्कार काण्ड छिपाए जस्तो ओली शासनको ज्वाला सधै जारी हुन्छ भन्ने सोच्दै छन् ।
काँग्रेस बर्तमान अन्योलमा स्पष्ट छैन । ओलीको अपराधका साँक्षी शेर बहादुर हुन् । देउवालाई गोठला र खेतलाले गरेको लगानी खेर नजावस् भन्ने हो भने त्यसको प्रवन्ध सातै प्रदेशबाट हुन्छ भन्ने सोच दिलाउन नसक्नु नेकपा प्रचण्ड गुटको कमजोरी हो । तर यो कमजोरीको नाउमा काँग्रेसलाई प्रदेश र संघिय संसदमा भद्रगोल हेर्ने मात्र हो भने त्यो जस्तो अपराध अरु हँदैन भन्ने वुद्धि दिन भाजपाका नेतालाई गुहार्न पर्ने भयो । नेकपाका १७३ सांसदमध्ये सरकार बनाउन १३८ सांसद चाहिन्छ । त्यहाँ प्रचण्डसँग ११० सांसद हुदाँ अरुबाट २८ जना आवश्यक पर्छ । त्यो संख्या जसपासँग पनि छ । जसपाका ३५ सांसद छन् । तर प्रचण्डले जसपा भन्दा नेकालाई महत्व दिदा शेर बहादुरले भाउ खोजेका छन् । यहाँ ओलीको अधिनायकबादमा देउवा सहभागी पात्र रहेछन् भन्नै पर्छ । काँग्रेसमा देउवालाई श्री ३ मान्नै पर्छ भन्ने जनमत कम छ । किनकी देउवाको नाउमा डा. आरजु देउवाले जगाएको लुटको कहानी हुलाकी सडक ठेक्का काण्डको बेला वीरबहादुर बलायर भौतिक मन्त्री हँुदा देखिनै चर्केको हो ।
कसले किनिदियो महल
कहिल्यै पार्टी कार्यकर्ता नरुचाउने विवादास्पद नारी डा. आरजुलाई कन्चनपूरमा रु ६ करोडको महल र जमीन किन्ने ठेकदारहरु जिप छिरिङ्ग लामा, विक्रम पाण्डे, रमेश शर्मा, बहादुर सिहंलामाहरुको लगानी हो । यीनै ठेकदारहरुले हुलाकी राजमार्गको ठेक्का कब्जा गर्दा डा. आरजुको दबाब सहेका बलराम मिश्र हाल अवकाश जिवनमा छन् । आरजुको अपराधलाई नदेखा हाल गर्ने रमेशले लेखकको निष्ठा यहाँ जोडिन्छ ।
अबको काग्रेसमा देउवा होइन कृष्ण सिटौला र रामचन्द्र देखिनु पर्छ । वीपि पूत्र डा. शशाङ्कले परिवारको विराशत बचाउन सक्दैनन् । डा. शेखर कोइरालाको कार्यकर्ता छन् । उनको पारिवारिक संरचनामा वीपि र जीपी खोजेर पाँइदैन । डा. शेखरको समस्या त्यही हो । वीपि र जीपिका छोराछोरी छन् काग्रेसका लागि ती पच्दैनन् । नोनाका पूत्र डा. शेखर वीपि र जीपीको टीममा मिल्दैनन् । समस्या काग्रेसमा यही हो । तर देउवाको लुटाहा टिमको तेजोबोध नभएसम्म संसदको व्यवस्थापन सफल नहुन सक्छ ।