Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेस र कम्युनिष्टका दुई तानाशाह

काठमाडौं । कुनै बेला प्रधानमन्त्री ओली आफैंले एमाले फुटाएका थिए । टनकपुरको राष्ट्रघातमा एमाले टुक्रियो । त्यो बेला एमाले टुक्रिनु नै नेपालमा संसदीय विसगति बढ्नु हो । काँग्रेस र एमालेले प्रतिस्पर्धा गरेर पञ्चायती भूतप्रेतलाई प्रधानमन्त्री पद सुम्पेर तीनका अपराध माफि भए । त्यस्तै स्थिति राजतन्त्रको अन्त्यको आन्दोलनका विरोध गरेर ज्ञानेन्द्रको सत्तालाई सघाएका खड्ग ओली संघीय गणतन्त्र नेपालको प्रधानमन्त्री बनेको अवस्था हो । बहुमतको निर्णय अल्पमतको कदर लोकतन्त्रका अन्तवस्तु हो । तर यहाँ बहुमतको निर्णयलाई काँग्रेसका रामचन्द्रले अस्वीकार गरेजस्तै प्रधानमन्त्री केपी ओलीले आफ्नै लागि आवश्यक शक्तिमाथि पेल्दा संसदीय सर्वोच्चताका विविध पाटाहरू कमजोर बनाइएको छ । तत्कालिन राजा ज्ञानेन्द्रका सल्लाहकार लक्ष्मीबहादुर खड्का निरालालाई न्यायापरिषद्को सदस्य बनाउनुले ओली सरकारको भित्री आशय के रहेछ भन्ने पर्दाफास भएको छ ।

काँग्रेसले ओलीले जे गरेका छन् त्यही चाहेको हो । काँग्रेस जनताभन्दा नेता धनाढ्य बनाउने पार्टी हो । त्यसले महंगीमाथि कहिल्यै प्रहार गरेनन् । त्यो बेला महंगीविरुद्ध रित्तो थाल र ग्यासका सिलिण्डर लिएर सकडमा उत्रने एमाले अहिले महंगीविरुद्ध बोल्दैन । भ्रष्टाचारीहरू अख्तियारमै छन् । प्रधानमन्त्री ओलीको ब्राण्ड आफ्नै भ्रष्ट र लुटेराहरूको पहिचान देखाउँदैछ । संविधानले दिएको अधिकारलाई दबाउने र खोस्ने हक नत ओलीमा छ नत काँग्रेसका शेरबहादुरमा छ । तर यी दुवै पार्टीमा तानाशाहका रुपमा खडाभएका छन् । यिनको स्वभाव, व्यवहार एउटै छ ।

मात्र फरक शेरबहादुर काँग्रेस हुन्, ओली आफूलाई कम्युनिष्ट भन्छन् । काँग्रेस सभापति देउवाले पार्टीलाई साझा बनाउन नसकेको कृष्णप्रसाद सिटौलाले समेत बताएका छन् । रामचन्द्रले भाउ खोज्नुको अर्थ छैन । किनकि महाधिवेशनबाट रामचन्द्र पराजित भएका हुन् । उनीद्वारा एउटा गुट त राम्रोसँग चलाएका छैनन् भने पार्टी चलाउन यिनले कसरी सक्छन् ? त्यही कारण देउवाले मन जिते सभापति भए । तर अहिले काँग्रेसमा देउवालाई सघाउने बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, विमलेन्द्र निधि, विजय गच्छदार रहेका छन् । अर्जुननरसिंह केसी पदका लागि देउवाको पछि लागे, चुनाव हारे फर्किए पुरानै बाटोमा ।

जनताले कम्युनिष्ट र काँग्रेसलाई साथ दिएका छन् । नयाँ जोगीहरू (पुरानो सत्ता उन्मादले एक्लिएका) डा. बाबुराम भट्टराई, महन्त ठाकुर, सरदसिंह भण्डारुी, राजेन्द्र महतो, अनिल झा आफू त चुनाव जिते पार्टीको हैीसयत कति उठाए सबैतिर छर्लङ्ग छ । यो सबै देखेर कम्युनिष्टको नाममा केपी ओली, काँग्रेसका नाममा शेरबहादुर देउवाको तानाशाही चरित्रलाई गुटको नाममा लुटेकाहरूले साथ देलान् जनताले साथ दिँदैनन् भन्ने किन बुझ्दैनन् ? हिजो देउवालाई फुटाउने स्व. गिरिजाप्रसाद र उनको टिम कमजोर भएको छ । कतै केपी ओलीले मुलुकको जर्जर स्थिति सुधार्न ११ वर्षसम्म ज्यानको बाजी थापेर परिवर्तनको बन्दुक उठाएको समूह क्रमशः स्खलित बनाउन सफलता पाएकोमा गौरव गर्दै पार्टी सत्ता र सरकारी पदहरू एकलौटी गर्नु नै बहादुरी ठानेका त छैनन् ? किनकि यिनको ग्याङ अफ त फोरले पार्टीमा देखाएको हुकुमी शैलीको सर्वत्र विरोध भइरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल