Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसका दुवै पक्ष टसकोमस भएनन्

काठमाडौं । सत्तापक्षमा जस्तै प्रतिपक्षी दलमा पनि कुर्सीको लडाइँ चर्केको छ । नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठक अघि नै पार्टीभित्र देखिएका विवाद अन्त्य गर्ने गरि छलफल अघि बढाएको छ ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निबास बुढानिकण्ठमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमतिका बिषयमा नेताहरुले धारणा राख्ने क्रम जारी रहेको र केन्द्रीय समिति बैठक अघि नै सहमति जुटाउने प्रयास हुने नेता गगन थापाले जानकारी दिए । विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृ संस्थाको पदावधिलगायतमा विषयमा देखिएको विवाद टुंग्गाउन आइतबार पनि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने र ठोस निष्कर्षमा पुग्ने थापाले बताए । सहमतिकै लागि भन्दै केन्द्रीय कार्यसमिति बैठक कार्तिक २४ गतेलाई सारिएको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार पौडेल समूहले आफूहरुले उठाएको माग कुनै पनि हालतमा पूरा हुनुपर्ने अडान राख्दै आएका छन् भने देउवा समूहले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागि हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गरेको बताइएको छ ।


सम्बन्धित समाचार