Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित विशेष समारोहमा पार्टी सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनियताको शपग ग्रहण गराएका हुन् ।

सभापति थापाले गत ३१ असोजमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । शपथ लगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण समेत गरिएको छ । गत १८ देखि २३ असोजसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा। चन्द्रकान्त भण्डारी र ई। मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् ।

त्यस्तै, महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला पन्त निर्वाचित भएका थिए । यसैगरी विभिन्न क्लष्टरबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका थिए । कांग्रेसले ४ जना केन्द्रीय सदस्यको भने शपथ रोकेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले ४ केन्द्रीय सदस्यको शपथ रोकेको हो । नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन पाएनन् । शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि सानेपामा बस्ने भएको छ ।


सम्बन्धित समाचार