Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पार्टीको नाम, झन्डा र चुनाव चिह्न दुरुपयोग नगर्न सचेत गराउने निर्णय गरेको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस विषयमा औपचारिक सूचना जारी गर्ने निर्णय गरेको हो। बैठकको निर्णयबारे जानकारी दिँदै सहमहामन्त्री अजयबाबु शिवाकोटीले पार्टीको नाम, झन्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न सम्बन्धित पक्षलाई सचेत गराइने बताए।
त्यस्तै, पार्टीका नाम, झन्डा र चुनाव चिह्नको सम्भावित दुरुपयोग रोक्न निर्वाचन आयोगलाई समेत पत्राचार गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले सरकारका पछिल्ला गतिविधिबारे पनि पार्टीको आधिकारिक धारणा तय गरेको छ। बैठकका अन्य निर्णय भने भोलि दिउँसो २ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी महामन्त्रीहरूले सार्वजनिक गर्ने सहमहामन्त्री शिवाकोटीले जानकारी दिए।
२०८३ मंसिर १३
ताजा नेपाल
२०८३ मंसिर १३
ताजा नेपाल
२०८३ मंसिर १३
ताजा नेपाल