Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले आगामी हप्ता बस्ने गरी पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आगामी चैत ११ गते शुक्रबार बस्ने गरी बोलाईएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचनको तयारी, एवम् घर घर जाऔं, कांग्रेस जिताऔँ अभियानको प्रारम्भिक समिक्षा गर्ने प्रमुख एजेन्डा रहेको छ । यस्तै संसदीय समिति गठनबारे पनि बैठकमा छलफल हुने मुख्य सचिव पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।