Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
बैठकमा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी सञ्चालन गर्न लागिएको अभियान ‘हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूको धारणा, विचार तथा सुझाव संकलन गरिने बताइएको छ।
स्थानीय तह निर्वाचनको तयारी र पार्टीको आगामी रणनीतिका विषयमा केन्द्रित रहने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
पार्टीले स्थानीय निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीका गतिविधिलाई तीव्रता दिने उद्देश्यले अभियान अघि बढाउन लागेको हो।
२०८३ मंसिर ९
ताजा नेपाल
२०८३ मंसिर ९
ताजा नेपाल
२०८३ मंसिर ९
ताजा नेपाल