Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस नेता गुरु घिमिरेले दिए राजनीतिबाट सन्यास लिने संकेत

काठमाडौं – नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले राजनीतिबाट सन्यास लिने संकेत गरेका छन्। नेता घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिने संकेत गरेका हुन्। उनले सामाजिक सञ्जालमा सक्रिय राजनीतिबाट विदा लिने सोचमा रहेको उल्लेख गरेका छन्। ‘सक्रिय राजनीतिबाट विदा लिउँकि भन्ने लागेको छ। स्थानीय चुनावलगत्तै निर्णय लिन्छु,’ उनले भनेका छन्। नेपाली कांग्रेसको प्रदेश १ अधिवेशनमा प्रदेश सभापतिमा घिमिरे उद्धव थापासँग दुई मतले पराजित भएका थिए। उनले स्थानीय तहमा देशभरिबाट उम्मेदवार बनेकाहरूलाई विजयको शुभकामनासमेत दिएका छन्।