Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टीभित्रै गृहमन्त्री रमेश लेखकको राजीनामा माग भइरहेका बेला आज सोमबार सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक अहिले ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ। बैठकमा गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणमा संलग्नता आरोपका विषयमा नेताहरूले कुरा उठाउने र सभापति देउवाले जवाफ दिने कार्यक्रम छ। साथै बैठकमा अन्य समसामयिक राजनीतिक विषय, पार्टीको भ्रातृ संस्था, क्रियायाशील सदस्यतालगायत एजेन्डामा छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्। खासगरी कांग्रेस अहिले पार्टीका तर्फबाट गृहमन्त्री रहेका लेखकलाई लागेको भिजिट भिसा प्रकरणको आरोपका कारण सकसमा छ। भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको हो। उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दबाब कांग्रेसकै नेताहरूले दिइरहेका छन्। यो विषय आइतबार बसेको सरकार नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठकमा समेत उठेको छ। तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा गृहमन्त्रीकै दल कांग्रेसले निर्णय गर्नुपर्ने धारणा राखेका छन्।
२०८२ जेष्ठ १४
ताजा नेपाल
२०८२ जेष्ठ १४
ताजा नेपाल
२०८२ जेष्ठ १४
ताजा नेपाल