Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेतृत्व परिवर्तन गरी काँग्रेसलाई काँग्रेस बनाउने अभियान युवा नेताहरुले थालेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अध्ययन गर्दै महामन्त्री गगनकुमार थापा र डा शेखर कोइराला समूहका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका हुन्। सोमबार काठमाडौँमा भएको एउटा बैठकपछि सयभन्दा धेरै जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरी अन्यलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरेका छन्। आज जेनजीले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउनुमा पार्टीले लिएको नीति, लिएका निर्णयहरु, चालिएका कदमहरु र कामकारबाही जिम्मेवार भएको ठहर हस्ताक्षरकर्ताहरुको छ। उनीहरुले विगतका गल्तीहरु माफी माग्दै सुधारिएको भविष्यको बाटो तय गर्न विशेष महाधिवेशनबाहेक अर्को उपयुक्त थलो वा माध्यम नभएको पनि भनेका छन्। वर्तमान परिस्थितिको गम्भीर्यता बोध गरी केन्द्रीय समितिको क्षेत्राधिकारसमेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय समितिले मनन् गर्ने अवस्था कमजोर हुँदै गएपछि विशेष महाधिवेशनको माग गरिएको नेताहरुले बताएका छन्। कांग्रेसले १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधिको रहेको उल्लेख गरेको छ। पार्टीको विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने जनाएको छ। हस्ताक्षर गर्नेमा शेखर कोइराला समूहमा खुल्दै आएका गुरुराज घिमिरे, देवराज चालिसेसहितका नेताहरु छन्। यता नेताहरु हस्ताक्षर अभियान सुरु गरिरहँदा सभापति देउवा र उनीनिकटहरु भने पदावधि १ वर्ष थप्ने तयारीमा जुटेका छन्। केन्द्रीय समितिमा स्पष्ट बहुमत रहेका देउवाले आगामी मंसिरमै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने भए पनि यो नहुने पक्कापक्की भइसक्यो ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल