Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस संस्थापन विशेष महाधिवेशनको विपक्षमा माहौल बनाउँदै

काठमाडौं । नेपाली कांग्रेसका ५ जना प्रदेशसभापति र ४७ जना जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले अहिले आमचुनावको तयारीमा जुट्नुपर्ने बताएका हुन्। संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर निर्वाचनमा केन्द्रित हुन उनीहरुको आग्रह छ। यस गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस अन्य भेला, समारोहमा नअल्मलिकन संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भई फागुन २१ को निर्वाचनमा सक्रीय रुपमा केन्द्रित हुन सबैमा आग्रह गर्दछौं, विज्ञप्तिमा भनिएको छ । १८ पुसमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट १५ औं नियमित महाधिवेशन कार्यतालिका वैशाख २८(३१ मा गर्ने निर्णय भई नियमित अधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नभएको उनीहरुको भनाइ छ। विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको र विशेष महाधिवेशनको उपर्युक्त वातावरणसमेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अझै पार्टी एकताको प्रयास गरी वार्ता र संवादमार्फत् पार्टी विभाजनबाट वचाउन केन्द्रित हुन आवश्यक छ, सभापतिहरूले भनेका छन्। संयुक्त विज्ञप्ति जारी गरेका पाँच जना प्रदेश सभापतिले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पनि विशेष महाधिवेशनको औचित्य नभएको लिखित पत्र दर्ज गरेका थिए। ५ प्रदेश सभापतिसँगै गण्डकी र लुम्बिनीका प्रदेश उपसभापति पनि विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल