Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित, खड्गीलाई ३७५ मत

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानपछि सम्पन्न मतगणनामा थापा भारी मतान्तरले विजयी भएका हुन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा भएको मतगणनाअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। कुल ५४ मत बदर भएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए।

निर्वाचन समितिका अनुसार ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।

सभापति पदको मतगणना सकिए पनि अन्य पदका मतपेटिका भने पार्टी कार्यालय सानेपामा लगिएको छ।