Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस सभापति गगन थापाले आज पदबहाली गर्दै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापाले आज असोज ३१ गते शपथ ग्रहण तथा पदबहाली गर्ने भएका छन्।

बडादसैँको फूलपातीका अवसरमा आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहण तथा पदबहाली समारोह आयोजना गरिएको कांग्रेसले जनाएको छ।

महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएपछि नवनिर्वाचित सभापति थापाले पदको शपथ लिन लागेका हुन्।

शपथ ग्रहण तथा पदबहाली समारोहमा सहभागी हुन कांग्रेस केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

कांग्रेसका अनुसार केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण भने दसैँपछि गरिनेछ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ।