Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काग्रेसको महाधिवेसन नसर्ने

भरतपूर । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त कोल्याप्स हुने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताएका हुन् ।

उनले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा बताए । उनले भने, “नेपाली काँग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ ।” फरक प्रसङ्गमा उनले प्रतिपक्षले अप्ठ्यारोमा परेका समयमा देशको नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुनसक्ने तर, देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उनको भनाइ थियो । सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको प्रसङ्गमा उनले अदालतले गरेको फैसला विधिको विजय भएको टिप्पणी गरेका छन् ।


सम्बन्धित समाचार