Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काजिका छाउरा छटपटाए

काठमाण्डौ सरकारले पुर्णता पाउन नसकीरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउबाले उपप्रधानमन्त्री नराख्ने भनेपछि माओवादीका नारायणकाजी श्रेष्ठ छटपटाएका छन् । उनको पक्षमा गिरीराजमणी पोखरेल लागेका छन् भने पोखरेलका भान्जा ३ एजेण्डा लिएर फेसबुक र अनलाइन हरुमा छाएका छन् । यती खेर काजीको खर्चमा भएको प्रचार ३ नेतामा केन्दित छ । नारायण काजीको पक्षमा लेख्ने प्रचण्ड र हरी बोलको धज्जी उडाउने यो टोली दिनदिनै भोजन गर्न काजी निवास पुग्छ । मन्त्री हुने आकांक्षीहरु प्रचण्डको निवासमा लडो लागेजस्तै काजि निवासमा प्रचण्डका विरोधीहरु पुग्ने गर्दछ ।
उपप्रधानमन्त्री नपाउने भएपछि काजिको छटपटीलाई लिएर युवा नेता लेखनाथ न्यौपानेले टिप्पणी गरे पत्रकार विरेन्द्र ओलीले नेपाल लाइफमा समाचारको बास्तविकता सार्वजनिक गरे । मन्त्री नपाए हरि बोल गजुरेलले प्रचण्ड निवासमा सेरीएर मोर्ने धम्की दिएको प्रचार काजिकै एजेण्डा अनुसार आएको थियो । संगठन बनाउन बनाउन नपर्ने उरुले बनाएको संगठनमा नाच्नु पर्ने काजिलाई गोर्खाबाट भन्दा सिरहाबाट निर्वाचन लड्न मन छ । त्यसैले उनले सत्तामा जान सकेसम्म अभियान चलाएका हुन् ।यहाँ राजनितीक सिद्धान्त राजनितीक र नैतिकताको मतलब देखिदैन आर्दशका कुरा कुनै नेताले नगरे हुन्छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल