Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौँका संक्रति कुन अस्पतालमा कति ?

काठमाडौँ । पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौँ उपत्यकाका आइसोलेसनमा उपचार गराउने कोरोना संक्रमितको संख्या १ हजार ८ सयभन्दा बढी छ । संक्रमितको संख्या थपिदै गएपछि विभिन्न सरकारी तथा निजी अस्पतालका आइसोलेसन, आइसियु र भेन्टीलेटरमा उपचार गराउनेको संख्या बढदै गएको छ। लक्षणसहितका संक्रमित थपिएपछि आइसियुमा १ सय ५ र भेन्टिलेटरमा उपचार गराउनेको संख्या २९, आइसोलेसनमा १ हजार ७ सय ६०, उपचार गराउने कुल संक्रमितको संख्या १ हजार ८ सय ९४ पुगेको छ।
आइसियुमा संक्रमित कति वीरेन्द्र अस्पतालको आइसियुमा १५, ह्याम्स अस्पतालमा १२,नर्भिक अन्तर्राष्ट्रिय अस्पताल थापाथलीमा ११, शुक्रराज तथा सरुवा रोग अस्पताल टेकुमा ११, सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १०, पाटन स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठानमा ९, वीर अस्पतालमा ९, मेघा अस्पतालमा ६, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ५, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ५, काठमाडौँ मेडिकल कलेज दुवाकोटमा ५, धुलिखेल अस्पतालमा १, नेपाल प्रहरी अस्पतालमा ३, स्टार अस्पताल ३ उपचाररत छन् । शुक्रराजको भेन्टीलेटरमा ५, सशस्त्र प्रहरी बलको अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा ३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५, धुलिखेल अस्पतालमा ३, वीर अस्पताल १, स्टार अस्पताल २, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ३, ह्याम्समा ४ जना संक्रमित छन्।
नेपाल प्रहरी अस्पतालमा सबैभन्दा बढी संक्रमित ४ सय ३२ उपचाररत छन्। इचङ्खुनारायण आइसोलेसन सेन्टरमा २ सय २८, कीर्तिपुर आयुर्वेदिक अस्पताल १ सय ८४, शसस्त्र प्रहरी बल अस्पतालमा १ सय ७९, त्रिवि शिक्षण अस्पताल ८३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८७, काठमाडौं मेडिकल कलेज दुवाकोट ६६, धुलिखेल अस्पताल २७, वीरेन्द्र अस्पतालमा ७३ जना स‌क्रिमत उपचाररत छन्। भक्तपुर कोभिड अस्पताल उपचार केन्द्र १३, खरिपाटी आइसोलेसन केन्द्र ९४,वीर अस्पताल ८६, स्टार अस्पताल १२, स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र काभ्रे २, महेश मनमोहन अस्पताल दहचोक ६१, शिर मेमोरियल अस्पताल बनेपा ६, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल १४, मेघा अस्पताल ४०, ह्याम्स ३० र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा १५ संक्रमित उपचाररत छन्।