Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौँमा वर्षकै धेरै जाडो

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ । आज बिहान ५ः४५ को मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुस ३ मा उपत्यकाको तापक्रम १ दशमलब ६ डिग्री सेल्सियसमा झरेको थियो । महाशाखाकी मौसवविद् सजिना शाक्यका अनुसार आकाश खुल्ला हुँदा तापक्रम घट्ने गर्दछ । गएराति आकाशमा बादल नलागेकाले मौसम सफा भएर तापक्रम घटेको हो ।
बिहान तापक्रम घटेपनि आज उपत्यकामा पारिलो घाम लाग्नेछ । आज अधिकतम २० डिग्री सेल्सियसम्म तापक्रम पुग्ने महाशाखाले अनुमान गरेको छ।


सम्बन्धित समाचार