Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौँसहितका शहरमा लागू भयो जोर विजोर

काठमाडौं । कोरोना संक्रमणको दरलाई नियन्त्रण गर्न बढी भीडभाड हुने ठूला शहरमा यातायातमा जोरबिजोर लागू गरेको छ । काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित देखिएका ठाउँमा आजदेखि जोर विजोर लागू भएको हो । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले सक्रिय संक्रमित २ सयभन्दा बढी देखिएका सबै जिल्ला र काठमाडौँ उपत्यकामा जोर विजोर लगाएको हो ।

जोर विजोर सबैतिर नभई २०० भन्दा बढी सक्रिय संक्रमित देखिएका स्थान र काठमाडौँ उत्यकाका हकमा लागू गर्ने निर्णय भएको हो । गृह मन्त्रालयले बुधबार राति जारी गरेको बिज्ञप्ति अनुसार अब साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौँ उपत्यका प्रवेशमा पनि प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक र ढुवानीका साधनमा भने यो प्रतिबन्ध लागू हुने छैन ।