Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुद्दा परेकाले लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने भएका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका रवि त्यहाँको जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार बेलुका मात्र रिहा भएका हुन्। उनलाई अदालतमा आफैँ हाजिर हुने सर्तमा कास्की प्रहरीले छाडेको हो। सोबमोजिम रवि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने उनको सचिवालयले जनाएको छ। लामिछानेको सचिवालयका एक सदस्यले शुक्रबार बिहान नेपालखबरसँग भने, आज हामी रविसमेत पोखराबाट काठमाडौँ फर्किंदै छौँ, भ्याएसम्म आजै अदालत उपस्थित हुने कुरा छ।
२०८१ पुष २६
ताजा नेपाल
२०८१ पुष २६
ताजा नेपाल
२०८१ पुष २६
ताजा नेपाल