Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
दसैँको मुखमा काठमाडौं उपत्यकाका केही विद्यालयमा भौतिक उपस्थितिमै अध्ययन सुरु गर्न थालिएको छ । केही विद्यालय खुलिसकेका छन् भने केही खुल्ने प्रक्रियामा छन् । कोरोना संक्रमणका कारण लामो समय बन्द भएका विद्यालय करिब तीन साताका लागि खुल्न लागेका हुन् ।
ललितपुर महानगरपालिकाले भने असोज १ देखि विद्यालय खोल्ने निर्णय गरिसकेको छ । काठमाडौं जिल्ला प्रशासनले चाहिँ भौतिक उपस्थितिमा पठन–पाठन गर्न नपाउने आदेश जारी गरेको छ । तथापि सीडीओको आदेशविपरीत काठमाडौंका विभिन्न स्थानीय तहले विद्यालय खोल्न थालिसकेका छन् । काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा भने पहिलेदेखि नै विद्यालयहरु चल्न थालिसकेका छन् ।
तीन सातापछि हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड दसैँ भित्रिँदैछ । असोज २१ गते घटस्थापना परेको छ । तर, दसैँ बिदा सुरु हुनु करिब तीन साताअघि काठमाडौंका विद्यालयहरुमा भौतिक उपस्थितिमै पढाइ सुरु गर्ने निर्णयलाई विभिन्न कोणबाट हेर्न थालिएको छ ।
यस्तो परिस्थितिका बीच काठमाडौंमा भौतिक उपस्थितिमै विद्यालयमा पढाइ सञ्चालन गर्ने निर्णयका पछाडि पाठ्यक्रम पूरा गर्ने सोचले बढी काम गरेको हो या विद्यालयका लागि शुल्क असुलीलाई प्राथमिकता दिइएको हो भन्नेबारे पनि बहस हुन थालेको छ ।
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल