Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंका सीडीओ रिजाललाई नै कोरोना संक्रमण

काठमाडौं । राजधानीका नागरिकलाई संक्रमणबाट जोगाउने जिम्मेवारी पाएका काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललाई कोरोनाभाइरस संक्रमण भएको छ । आइतबारदेखि अस्वस्थ महसुस गरेका सीडीओ रिजालको सोमबार भाइरस परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको सहायक सीडीओ उमाकान्त अधिकारीले नेपाल प्रेसलाई बताए । सीडीओ रिजाल कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । उनी अहिले होम आइसोलेसनमा छन् । काठमाडौं उपत्यकामा बढिरहेको कोरोना संक्रमण रोकथामबारे छलफल गर्न तीन जिल्लाका सीडीओको संयुक्त बैठक बस्नुअघि रिजाललाई कोरोना पुष्टि भएको हो । सीडीओ पराजुलीलाई कोभिड पुष्टि भएपछि तीन जिल्ला प्रशासनको बैठकले भर्चुअल माध्यमबाट बस्ने भएको छ ।