Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंका १ लाख १० हजार २ सय ६३ किशोरीहररुलाई एचपीभी खोप दिइने

काठमाडौं । काठमाडौंका १ लाख १० हजार २ सय ६३ किशोरीहरुलाई एचपीभी ह्युमन प्यापीलोमा भाइरस विरूद्धको खोप दिइने भएको छ। आइतबार आयोजित जिल्ला खोप समन्वय समिति र संचार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा आगामी माघ २२ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने एचपीभी खोप अभियान काठमाडौंका ४ सय ८८ बिद्यालयमा सञ्चालन गर्न लागिएको जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा वसन्त अधिकारीले बताए। सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत कोही पनि किशोरीहरु नछुटुन् भन्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिने डा अधिकारीले बताए।
प्रत्येक स्थानीय तहलाई प्राविधिक सहयोग गइसकेको छ, स्कुलमा सकिएलगतै स्वास्थ्य संस्थामा पनि खोप लगाउन पाउने व्यवस्था मिलाउनेछौं, डा अधिकारीले भने। काठमाडौं जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले सरकारले १० देखी १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागेको सिकोलिन नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखि १८ प्रजातिलाई रोकथाम गर्न सक्ने बताए।
विश्वमा हरेक वर्ष ५ लाख ७० लाख महिलाहरुलाई पाठेघरको क्यान्सर हुने तथा उक्त संख्या सन् २०३० सम्ममा उक्त संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ। तथ्यांकअनुसार तीमध्ये ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ। सरकारले पाठेघरको मुखको क्यान्सरलाई प्राथमिक रुपमा रोकथाम गर्न उक्त एचपिभी खोप अभियानका रुपमा सञ्चालन गर्न लागेको हो। राष्ट्रिय खोप सल्लाहकार समितिको २०८१ असोज २३ को सिफारिस तथा स्वास्थ्य मन्त्रालयको २०८१ कार्तिक ८ गतेको निर्णयअनुसार खोप दिन लागिएको हो। हाल एचपीभी खोप संसारका १४४ वटा मुलुकमा नियमित खोप कार्यक्रममा नै समावेश भइसकेको छ, नेपाल सरकारले पनि आगामी वर्षदेखि नियमित खोप कार्यक्रममा नै समावेश गर्ने योजना बनाएको छ। एचपीभी खोप लगाएपछि दुखाइ, सुई लगाएको ठाउँमा सुन्निने रातो हुन सक्छ। यस्तो समस्या लामो समयसम्म रहेमा चिकित्सकको सल्लाह लिनुपर्छ।